८ वैशाख २०८१ शनिबार
खेल

कोरोना त्रास घटे आइपिएल छोट्याएर खेलाइने

मुम्बई – भारतीय क्रिकेट बोर्डका प्रमुख सौरभ गांगुलीले कोरोनाको त्रास घट्ने अवस्था भएमा इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिता छोट्याएर खेलाउन सकिने बताएका छन्। आगामी मार्च २९ देखि सुरु हुने विश्वकै ठूलो धनराशिको क्रिकेट प्रतियोगिता आइपिएल कोरोना भाइरस सन्त्रासका कारण गत शुक्रबार स्थगित भएको थियो।

यद्यपि, भारतीय सरकारले सामाजिक सभा र भ्रमणमा रोक लगाएको अवधिपछि प्रतियोगिता सकिने मितिमा यस पटक सुरु हुन सक्नेछ। खेल स्थगित भएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का उच्च पदाधिकारीले आठ फ्रेन्चाइज टोलीसँग वर्तमान अवस्थाको समीक्षाका लागि बैठक राखेका थिए।

‘वर्तमान अवस्थामा खेलाडी र अन्य व्यक्तिको सुरक्षा नै पहिलो प्राथमिकता हो। विश्वसँगै भारतलाई पनि यो स्थितिमा कार्यक्रम बन्द गर्नुको विकल्प छैन। त्यसैले हामीले आइपिएलका साथै अन्य घरेलु प्रतियोगिता पनि स्थगित गरेका छौं,’ गांगुलीले भने। आइपिएल सकेसम्म सञ्चालन होस् भन्ने पक्षमा बिसिसिआई रहेको गांगुलीको धारणा छ।

‘यदि आइपिएल आगामी १५ अप्रिलसम्म रोकिएमा हामीसँग १५ दिन मात्र बाँकी रहन्छ। त्यस्तो स्थितिमा भएमा खेलअवधि घटाउनुको विकल्प हामीसँग हुनैछैन। कसरी घटाउने, कति खेल खेलाउने भन्ने तत्काल मसँग जबाफ छैन। तर पनि खेल अवधि घटाउनुको विकल्प हामीसँग छैन,’ गांगुलीले थपे। करिब एक अर्ब ३६ करोड जनसंख्या भएको देश भारतमा कोरोनाका कारण दुई व्यक्तिको मृत्यु हुँदा ८० जनामा संक्रमण भएको घटना सार्वजनिक भएको छ। जसका कारण पनि भारतमा सामाजिक समारोह, भेलाका साथै सबै खेल आयोजना रोकिएका छन्।

कोरोनाको त्रासका बावजुद पनि सञ्चालन भएको भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला दुई खेल बाँकी छँदा गत शुक्रबार रद्द भएको थियो। यद्यपि त्यसपछि विश्वकै ठूला प्रतियोगितामध्ये एक आइपिएलमा अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिकालगायत देशबाट खेलाडीको सहभागिता हुँदा लाखौं डलरमा आम्दानी हुनेछ। साथै आइपिएलले भारतीय सञ्चारमा पनि ठूलो प्रभाव राख्ने गर्दछ। कुल ६० खेल हुने आइपिएलबाट ११ अर्ब डलरभन्दा बढीले भारतीय अर्थतन्त्रलाई साथ दिन्छ। जसमा चाइनिज मोबाइल भिभोले मात्र सन् २०१८–२०२२ सम्मका लागि ३३ करोड डलर प्रायोजनमार्पmत खचिर्एको छ।

भारतीय क्रिकेटका सफल कप्तानसमेत रहेका बिबिसिआईका अध्यक्ष गांगुलीले तत्कालको स्थितिमा पर्ख र हेरको अवस्था मात्र रहेको बताएका छन्। ‘हामीले सबै फ्रेन्चाइज टोलीका मालिकसँग भेट ग¥यौं। उहाँहरूबीच यस्तो अवस्थाबाट कसरी माथि उठ्ने भन्ने विषयमा छलफल भयो। खेल स्थगित भइसकेको छ, हामी हरेक हप्ता स्थितिको आंकलन गर्नेछौं,’ गांगुलीले भने, ‘तर अहिले नै कहिलेदेखि खेल हुन्छ भन्न सक्दिनँ। तथापि जसरी पनि आइपिएल हुनुपर्छ, तर सतर्कता र सुरक्षा प्रत्याभूति हुने अवस्थामा।’

कुल ६० खेल हुने आइपिएलबाट ११ अर्ब डलरभन्दा बढीले भारतीय अर्थतन्त्रलाई साथ दिन्छ। जसमा चाइनिज मोबाइल भिभोले मात्र सन् २०१८–२०२२ सम्मका लागि ३३ करोड डलर प्रायोजनमार्पmत खचिर्एको छ।

प्रकाशित: ४ चैत्र २०७६ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App