coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ब्याजदर बढ्यो, सेयर कारोबार आधाले घट्यो

काठमाडौं- बैंक, वित्तीय संस्थाहरुले सेयर धितोमा राखी प्रवाह गर्ने कर्जाको ब्याजदर बढाउन थालेपछि सेयर कारोबार आधाले घटेको छ। उनीहरुले सेयर धितोमार्फत कर्जा प्रवाह गरेको ऋणको ब्याजदर बढाउन थालेपछि सेयर कारोबारमा समेत केही दिनयता निरन्तर कमी आएको छ। दैनिक सरदर ८० करोड रुपैयाँबराबरको सेयर कारोबार हुने गरेकोमा अहिले घटेर औसत ३५ करोडमा झरेको छ।

लगानीकर्ताले आफ्नो नाममा रहेको सेयर बैंकमा राखेर बैंकबाट ऋण लिँदै आएका छन्। ब्याजदर बढेसँगै सेयर धितोमा राखेर लिने ऋण भने घटेको ब्रोकर बताउँछन्। बैंकहरू पछाडि सर्दा सेयर कारोबारमा कमी आएको छ, सेयर मूल्यमा पनि क्रमशः गिरावट आएको छ,' एक ब्रोकरले भने।

बैंकहरूले ७–८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएका थिए। तर, लगानीयोग्य पुँजी (तरलता) को अभाव भन्दै बैंकहरूले ब्याजदर बढाएर १०–११ प्रतिशतमा सेयर धितो राखेर ऋण उपलब्ध गराउन थालेपछि कारोबार रकममा कमी आएको हो।

ब्याजदर बढेकै कारण सेयर बजारमा मन्दी देखिएको छ। पछिल्लो केही दिनयता कारोबार रकममा ह्रास हुने क्रम सुरु भएको छ। कारोबार रकमसँगै नेप्से सूचक पनि तल झरेको हो। बजार नाप्ने सूचक १४५४.१४ बिन्दुमा अडिएको छ। विश्लेषकहरूले बजारमा पुस मसान्तको प्रत्यक्ष प्रभाव देखिन थालेको बताएका छन्। पुस मसान्तमा कर्जा र ब्याजदर बुझाउन लगानीकर्ताले सेयर बिक्री गनर्ेे गर्छन्।

सूचकसँगै कारोबार रकम पनि तल ओर्लिएकाले अधिकांश लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा देखिन्छन्। चुलिँदो बैंक ब्याजदरले यतिबेला बजारलाई प्रभावित बनाएको हो। वाणिज्य बैंकहरूले निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर दिने स्किम ल्याउन थालेका छन्। यसबाट अल्पकालमा बैंकलाई तरलता अभाव भएको बु‰न सकिन्छ। सरकारले विकास निर्माण कार्य चुस्त गतिमा अघि बढाउन सकेमा भने फेरि बजारमा तरलता अभावको समाधान हुन सक्छ। अफ–सिजन प्रभावले पनि बजार तल झरेको विश्लेषकको भनाइ छ।

यतिबेला बजार तल ओर्लिनुमा सेयर आपूर्ति अधिक बढ्नु पनि हो। चुक्ता पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले भारी मात्रामा हकप्रद, बोनस र एफपिओ जारी गर्दा बजारमा आपूर्ति निकै बढेको छ। तर यो आपूर्तिलाई थेग्ने नयाँ लगानीकर्ता प्रवेश हुन सकेका छैनन्। यसले पनि बजार घटाउने काम गरेको हो। सेयर बजारमा बुल र बियरिस चक्र हुने भएकाले पनि केही हदसम्म बजार घटाउन यसले पनि भूमिका खेलेको अनुमान छ।

लगानीकर्ताले ऋण जुटाउन नसक्दा पनि कारोबार रकममा कमी आएको ब्रोकर बताउँछन्। राजनीतिक दलबीच संविधान संशोधनका बुँदामा सहमति नहुँदा त्यसको प्रत्यक्ष असर सेयर बजारले समेत खेपिरहेको छ। अर्थतन्त्रको ब्यारोमिटर मानिने सेयर बजार बढ्नुपर्ने समयमा समेत घटिरहेको छ। विश्लेषकका अनुसार दलहरूबीचको दूरी बढ्दै गइरहेका कारण लगानीकर्ता डराइरहेका छन्। संविधान संशोधन हुने सम्भावना कम हुँदै गएपछि बजार ओरालो लाग्न थालेको हो।

सूचीकृत अधिकांश कम्पनीले लाभांश घोषणा गरी साधारण सभा सम्पन्न गरिसकेकाले पनि बजार परिसूचक नकारात्मक हुँदै आएको छ। राजनीतिक वातावरण सुधि्रने अपेक्षाले सेयरमा लगानी बढाएका लगानीकर्ताले बिक्री गर्न थालेपछि बजार घट्दो क्रममा देखिएको हो। दलहरूबीच सहमतिको प्रयास जारी भए पनि संविधान संशोधको मुद्दामा सहमति नहुने देखेपछि लगानीकर्ता निराश छन्। राजनीतिक वातावरण अन्योलपूर्ण देखिएपछि लगानीकर्ताको मनोबल कमजोर भएको विज्ञहरू बताउँछन्।

सामान्यतया सूचीकृत कम्पनीको साधारण सभा सकिएपछि सेयर बजार घट्ने सिजन सुरु हुन्छ। लगानीकर्ताले आफ्नो लगानीको प्रतिफलका लागि अर्को वर्ष कुर्नुपर्ने भएकाले त्यो समयमा लगानी कम हुन्छ। तर, त्यो समयभन्दा नै अगाडि सेयर बजार घटेको र रकममा पनि कमी आएको विश्लेषकहरू बताउँछन्।

प्रकाशित: २४ पुस २०७३ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App