coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तनहुँमा १२ शैय्याको ‘आइसोलेसन’

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको आइसोलेसन वार्ड। तस्बिर ः विनोद /नागरिक

तनहुँ – बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसोलेसन वार्ड तयार भएको छ। विश्वव्यापी फैलिएको कोरना भाईरस (कोभिड १९) संक्रमितको बिरामीको स्वास्थ्य परिक्षण गर्न १२ शैय्याको आइसोलेसन तयार भएको अस्पतालका प्रमुख डाक्टर रामकुमार श्रेष्ठले बताए।

प्रदेश सरकारले भने जिपीमा २० शैय्याको आइसोलेसन तयार रहेको बताएको थियो। अस्पताल हाल ३२ शैय्यामा सञ्चालित छ। डा.श्रेष्ठका अनुसार शुक्रबारदेखी उक्त वार्ड स्थापना गरिएको हो। अस्पतालको तेस्रो तल्लामा जनरल वार्डको उत्तरतर्फ आईसोलेसन छ। जनरल वार्डमा बिरामीको चाप हुन्छ। आइसोलेसन वार्ड सुनसान देखिन्छ। अस्पतालमा हालसम्म कोरोनाको शंकास्पद बिरामी परिक्षणका लागी नआएको श्रेष्ठले बताए।

जिपीका तीन जना स्वास्थ्यकर्मीलाई कोरोनाको नमुना संकलन गर्न तालिम दिइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोदबिन्दु शर्माले बताए। ‘आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेका छौँ’, उनले भने, ‘शंकास्पद बिरामी आएमा त्यहाँबाट घाँटीको तल्लो भागको स्वाबको नमुना संकलन हुनेछ।  उक्त स्वाब तत्कालै काठमाडौं पठाएर परिक्षण गर्ने व्यवस्था मिलाएका छौं।’

४८ घण्टाभित्र कोरना संक्रमण भए नभएको रिपोर्ट आउने उनले बताए। ‘पोजेटिभ देखिएमा बिरामीलाई प्रदेशमा तोकिएको कुनै अस्पतालमा थप उपचारका लागि पठाउँछौ। नेगेटिभ देखिएकालाई डिस्चार्ज गरिन्छ’, उनले भने। बन्दिपुर गाउँपालिकाले आइसोलेसन वार्ड राख्ने तयारी गरेको छ। बन्दिपुर अस्पतालमा आइसोलेसन वार्ड राख्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले बताए। उनका अनुसार गाउँपालिकाले  कोरोना भाइरस र डेगींको संक्रमणबाट जोगाउनलाई सचेतना कार्यक्रम गर्न हिउँदे गाउँसभाले पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

शुक्लागण्डकी नगरपालिकामा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तको नेतृत्वमा १३ सदस्यीय टोली गठन गरिएको हो। टोलीमा स्वास्थ्य शाखाका चिकित्सकरू, एचए, ल्याब एसिस्टेन्ट लगायत छन्। यो टोलीले नगरमा रहेका सरकारी  तथा निजी स्वास्थ्य संस्थामा कोरोनाको संक्रमणको शंकास्पद बिरामी फेला परेमा स्वास्थ्य परिक्षणको लागि प्रयोगशाला पठाउन सहयोग गर्ने शाखा प्रमुख श्रीवास्तवले बताए।

सोमबार यहाँ कोरोना भाइरस रोकथामका र नियन्त्रणका लागि सरोकारवाला संस्थाहरूसँग अन्तरक्रिया गरियो। सो अवसरमा सङ्क्रमित विरामीको लक्षण र  नियन्त्रणमा  अपनाउन सकिने उपायबारेमा छलफल गरिएको थियो। अन्तरक्रियाबाट कम्तीमा पनि दुई शैय्याको आइसोलेसन वार्ड बनाउने निर्णय गरिएको छ।

यस्तै, गण्डकी प्रदेशको प्रवेशद्धारा मुग्लिनको पुलवारी पुलजीमा आँबुखैरेनी गाउँपालिकाले हेल्प डेस्क स्थापना गरेको छ। हेल्प डेस्कले कोरोना भाइरसविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गर्ने गाउँपालिका अध्यक्ष गिरबहादुर थापा बताउँछन्।  त्यहाँ दुई जना स्वास्थ्यकर्मी खटाइएको उनले जनाए। 

कोरनाको संक्रमणबाट बच्न सतर्कता अपनाउँदै जिल्लामा हुने मेला महोत्सव सञ्चालनमा प्रशासनले रोक लगाएको छ। १० वटै स्थानिय तहले पुर्वनिर्धारित मिती परिर्वतन गरी चैत पहिलो सातामा सक्नेगरी कक्षा १–९ को परिक्षा धमाधम सञ्चालन गरिरहेका छन्। प्रशासनले अत्याधिक भिडभाड हुने स्थानमा नजान सर्वधारणलाई आग्रह गरेको छ।

प्रकाशित: ३ चैत्र २०७६ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App