८ वैशाख २०८१ शनिबार
समाज

६ लेन सडक किनारमै 'स्मार्ट शौचालय'

६ लेन सकड किनारमा बनाइएका स्मार्ट सौचालय देखाउदै शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हरि तिवारी। तस्विर/रेखा

बुटवल - रुपन्देहीको शंकरनगरमा ६ लेन सडकमै स्मार्ट सौचालय निर्माण गरीएको छ। शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो पटक अत्याधुनिक सार्वजनिक शौचालय बनाएको हो। सडक यात्रीको हितलाइ ध्यानमा राखेर संस्थानले ६ लेन सडकको मुख्य र सर्भिस लेन बिचमा फ्रलावर वेडका लागि राखिएको खाली ठाँउमा स्मार्ट सौचालय निर्माण गरेको हो। सडको दुवैतर्फ सर्भिस लेनको छेउमा सार्वजनिक सौचालय बनाइएको छ।

थोरै जग्गाको सहि सदुपयोग गर्दै निर्माणको गरीएका सौचालय ऐना, पानी साबुनको उचित प्रबन्ध गरीएको छ। शौचालय निर्माण संगै अव सो क्षेत्रमा आवत जावत गर्नेहरुलाई सहज हुनेछ। बुटवल–भैरहवा ६ लेन सडक अन्तर्गत तिलोत्तमानगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडक किनारको दुवैतर्फ १० वटा स्मार्ट सौचालय बनाइएको छ। त्यस्तै योगिकुटी र डाइभरटोलको हाट बजार र  तिनाउ नदीको मगरघाट स्थित सवदाह स्थलमा एक एक गरि १३ वटा  सुविधा सम्पन्न स्मार्ट शौचालय निर्माण गरीएकोशंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हरि तिवारीले बताए।

खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको १ करोड १६ लाख लगानीमा सर्भिसलेनमा सिंगल सिटका  र हाट वजार र मगरघाटमा डबल सिटका स्मार्ट सौचालय निर्माण गरीएको अध्यक्ष तिवारीले जानकारी दिए । भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो। बायोटेक प्रविधी अन्तर्गत शौचालयमा शुरुमै व्याक्टेरिया राखिने भएकाले सेफ्टी ट्याङ्की भरीने या उठाएर फाल्नु पर्ने अवस्था नआउने पनि तिवारीले बताए।

एक पटकको दिशा पिशावले ४० दिन सम्म सो व्याक्टेरिया बाच्ने हुनाले  नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरियाले नै लामो समयसम्म काम गर्नेछ।  साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो।खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी स्मार्ट सार्वजनिक शौचालयहरु राखिएको शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष तिवारीले बताए। व्याक्टोरिया प्रयोग गरि बनाएका बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तमाको शंकरनगरमा प्रयोग गरिएको अध्यक्ष तिवारीले बताए। खानेपानी तथा सरसफाइ संस्थाले सडक किनारमै निर्माण गरीदिएका स्मार्ट सौचालयले  आम सर्वसाधारणलाइ निकै सहज हुने भन्दै शंकरनगरबासीले त्यसको सह्राना गरेका छन।

२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था हुने छ। शौचालयहरुमा प्रयोगका लागि ऐन, सावुन, टावेलको समेत व्यवस्था गरीने छ।निर्माणको अन्तिम चरणमा रहेका स्मर्ट शौचालयहरु  चैत दोश्रो साता देखि संचालनमा आउने छन।सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था गर्नेछ। शौचालयमा बिद्युत जडान गरीने छ।

शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले अहिले ६ हजार २ सय ६३ घरधुरीमा पानी वितरण गर्दै आएको छ। विसं २०४२ सालमा स्थापना भएको संस्थाले उपभोक्तालाइ २४ सै घण्टा पानी उपलब्ध गराउदै आएको छ। संस्थामा हाल २० जना कर्मचारीले रोजगारी पाएका छन।

प्रकाशित: ३ चैत्र २०७६ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App