coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रेडबुल फुटसल उधाधिमा शंखमूलको कब्जा

काठमाडौं- घरेलु फुटसलको सर्वाधिक पुरस्कार राशीको रेडबुल फुटसल लिग उपाधि शंखमूल फुटसलले जितेको छ। शनिबार शंखमूलले सामाखुसी फुटसललाई ३–२ ले पराजित गर्‍यो। राजधानीको बाँसबारीस्थित चौर फुटसलमा शंखमूललाई सफलता दिलाउँदा कप्तान संजोग चाम्लिङ राई, रोनिल महर्जन र शेरबहादुर थापाले समान १/१ गोल गरे। सामाखुसीका कप्तान नवीन लामा र सौरभ मगरले गोल गरेका थिए।

शंखमूलले शनिबार तीन मिनेटमै अग्रता लिएको थियो। शेरबहादुर थापाले गोल गर्दै संखमूललाई अग्रता दिलाएका थिए। तर शंखमूलको अग्रता लामो समय टिक्न पाएन। सामाखुसीका नवीन लामाले ६ मिनेटमा गोल गर्दै खेल बराबरी गरे।

११ औं मिनेटमा रोनिल महर्जनले गोल गरेर शंखमूललाई फेरि अग्रता दिलाएका थिए।

२२ औं मिनेटमा संजोग चाम्लिङ राईको गोलबाट शंखमूल ३–१ को अग्रता लिन सफल भएको थियो। तर फाइनल खेलको रोमाञ्चकता २६ औं मिनेटमा अझै बढेको थियो। सामाखुसीका सौरभ मगरले २६ औं मिनेटमा गोल गरेर टोलीलाई खेलमा फर्काउने प्रयास गरे।

एमए इभेन्ट्सले आयोजना गरेको रेडबुल फुटसल विजेता शंखमूलले १० लाख र उपविजेता सामाखुसीले ५ लाख रुपैयाँ नगद पाए।

विजेता टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कृत गरे। होम एन्ड अवेका आधारमा भएको प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २४ पुस २०७३ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App