coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चोभार–खोकना–चापागाउँ १३२ प्रसारणलाइन बन्ने

काठमाडौं - करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ एक सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजनाले अब मूर्तरुप लिने भएको छ।

ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सबस्टेसन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत् पुर्‍याउने योजना अघि सारेको हो। तर, सबस्टेसन निर्माणका लागि आवश्यक जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेसन बन्ने निश्चित भएको छ। त्यस सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अग्रसरतामा दुई मन्त्रालयबीच आइतबार छलफल भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेसन बन्ने निश्चित भएको छ।

ऊर्जा मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सबस्टेसनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुक्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ।

कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्ययन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ। ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सबस्टेसन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउने जनाएका छन्। चोभारमा सबस्टेसन नबनाउँदा नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसनमा त्रिशूली र मर्स्याङ्दि करिडोरबाट आउने बिजुली काठमाडौं ल्याउन असम्भव छ।

प्रकाशित: ३ चैत्र २०७६ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App