७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद्को कार्यवहाक महासचिवमा योगी

काठमाडौं – संघीय संसदको महासचिव पद खाली भएपछि नयाँ नियुक्ति प्रक्रियाबारे निर्णय भएको छैन। नयाँ महासचिव नआउनेबेलासम्म प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई कार्यवहाक महासचिव तोकिएको छ। संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको सेवा अवधि आइतबारबाट सकिएपछि कार्यवाहकको जिम्मेवारी योगीलाई दिइएको हो।

सभामुख अग्नी सापकोटाले आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली २०७५ बमोजिम योगीलाई कार्यवाहक महासचिव तोकेका हुन्। संसद नियमावलीमा संघीय संसद्को महासचिव अनुपस्थित रहेको अवस्थामा महासचिवको काम गर्न सभामुखले राष्ट्रियसभाको अध्यक्षको परामर्शमा तोकेको सचिव वा सचिवालय सचिवसमेतलाई तोक्न सक्ने व्यवस्था छ। योगी नयाँ संसद आएपछि प्रतिनिधिसभाको सचिवकोरूपमा कार्यरत छन्। यसअघि महासचिवको अनुपस्थितीमा योगीलाई नै यही नियम बमोजिम निमित्त महासचिवको जिम्मेवारी दिइँदै आएको थियो। निमित्त महासचिव चलाइरहेका योगीले आइतबारबाट लागू हुनेगरी कार्यवाहक महासचिवको जिम्मेवारी पाएका हुन्। संविधानको धारा १०६ मा राष्ट्रपतिले प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव नियुक्त गर्ने व्यवस्था छ। दुवैको सिफारिसमा महासचिव नियुक्त हुने भएका कारण नयाँ महासचिव कसलाई बनाउने अन्तिम टुंगो लागेको छैन।

प्रकाशित: ३ चैत्र २०७६ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App