coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कोरोनाको सकसमा मिस नेपाल अडिसन

वीरगञ्ज - संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि मिस नेपालको आयोजकले अडिसनलाई निरन्रता दिने भएको छ। आइतबार द हिडन ट्रेजरले वीरगञ्जमा कार्यक्रमको आयोजना गरेर अडिसनलाई निरन्तरता दिने घोषणा गरेको थियो।

‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि हामीले मिस नेपालको लागि विभिन्न आठ सहरमा अडिसन गर्दैछौं। स्थानीय कलेजहरू सञ्चालन भइरहेको हुँदा त्यहाँका विद्याथीलाई लक्षित गरेर अडिसनलाई निरन्तरता दिएका हौं,’ द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले भने, ‘अडिसन सिध्याएर त्यसपछिको अवस्था हेरेरमात्र बाँकी निर्णय गर्नेछौं।’

यसअघि द हिडन ट्रेजरले मिस नेपालको लागि नयाँ आवेदन खुला गरेको थियो। मिस नेपाल २०२० को लागि आगामी चैत १४ सम्म आवेदन खुला गरिएका्रतियोगितामा १८ देखि २६ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको छ। यसपटक मिस नेपालको अडिसन राजधानीबाहेक धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा भइरहेको छ।

आयोजकका अनुसार यस वर्ष मिस नेपालर्कनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुँदैछ। अडिसनलगत्तै सञ्चालन हुने ६ हप्ते प्रशिक्षण कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रभावित हुनसक्ने उनले बताए। ‘अडिसन सिध्याएलगत्तै सञ्चालन हुने ६ हप्ते प्रशिक्षणसम्बन्धीका गतिविधि प्रभावित हुने भएका छन्,’ उनले भने।

यसअघि रुबी राणा र उषा खड्कीले वीरगन्जको प्रतिनिधित्व गरेर मिस नेपालमा सहभागी भएका थिए। यसपटक मिस नेपालमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेकी नीलम चन्दले प्रतियोगितामा सहभागी हुने युवतीहरूले व्यत्तित्व विकासको अवसर पाउने बताइन्। ‘मिस नेपालले शारीरिक बनोट र सौन्दर्यतालाई मात्र महत्व दिदैन्। यसले बौद्धिक स्तर र व्यत्तित्व विकासमा समेत सहयोग गर्दछ,’ उनले भनिन्, ‘प्रतियोगिताको दौरान युवतीहरूलाई विभिन्न चरणको आत्म विकासको अवसर आयोजकले प्रदान गर्नेछ।’ आगामी चैत ४ मा स्थानीय होटेल भिषुवामा मिस नेपालको अडिसन हुँदैछ।

प्रकाशित: ३ चैत्र २०७६ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App