८ वैशाख २०८१ शनिबार
खेल

सिप्यान अवार्ड स्थगित

काठमाडौं – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले चैत २१ गतेलाई तय  गरेको  ‘एनसिसिएस–सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रम स्थगित गरेको छ।

सिप्यानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरसको कारण अनिश्चित कालका लागि अवार्ड सारिएको जानकारी दिएको हो। आइतबार जारी गरेको विज्ञप्तिमा सिप्यानले कोरोना भाइरसबाट बच्न यसका विरुद्धमा विश्वव्यापी अभियानमा सबै एकजुट हुन अपिलसमेत गरेको छ। सिप्यानले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्ने जनाएको थियो।

जसमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गर्ने तालिका रहेको छ।   वर्ष क्रिकेट खेलाडी पुरुष र महिलालाई अवार्डसँगै समान एक लाख ३२ हजार रुपैयाँ  र अन्य तीन विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्रदान गर्नेछ। सिप्यानले विज्ञप्तिमार्फत नै अवार्ड कार्यक्रम अनुकूल परिस्थितिपछि वितरण गर्ने जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App