८ वैशाख २०८१ शनिबार
कला

ट्रोलमा नेहा

मुम्बई – बलिउड अभिनेत्री नेहा धुपिया ट्रोलको शिकार भएकी छन्। भारतीय रियालिटी सो ‘रोडिज’ मा दिएको अभिव्यक्तिका कारण उनको आलोचना भइरहेको छ।

‘रोडिज’ को एक एपिसोडको दौरान एक सहभागी युवाले आफ्नी प्रेमिकाले धोका दिइरहेको थाहा पाएपछि झापड हानेको प्रतिक्रिया दिएलगत्तै अभिनेत्री धुपियाले उनलाई गाली गरेकी थिइन्।

उनले यी युवतीको पक्ष लिएर सहभागी प्रतियोगीलाई हात उठाउने अधिकार नभएको बताएलगत्तै उनी ट्रोलको शिकार भएकी थिइन्। सामाजिक सञ्जालमा नेहाविरुद्ध अभिव्यक्तिहरू आइरहेका छन्। उनले आफ्नो अभिव्यक्तिलाई गलत व्याख्या गरिएको भन्दै महिलाविरुद्ध हुने हिंसा सहन नसक्ने प्रतिक्रिया दिएकी थिइन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले भनेकी छन्, ‘ती युवतीले गरेका काम उनको नैतिक अधिकार र व्यक्तिगत विषयका कुरा हुन्। मैले सम्बन्धमा धोकालाई महत्व दिन खोजेको होइन। ती युवतीको सुरक्षाको विषयमा बोलेको हो।’

प्रकाशित: ३ चैत्र २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App