८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा संक्रमितको संख्या ११० पुग्यो, चीनमा जनजीवन सामान्य बन्दै

नयाँ दिल्ली – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ११० पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतमा कोरोनाबाट दुई जनाको ज्यान गएको छ।

बिबिसीका अनुसार कोरोना संक्रमणबाट कर्नाटक राज्यका ७६ वर्षीय पुरुष र दिल्लीकी ६८ वर्षीया महिलाको ज्यान गएको छ। उनीहरूका परिवारका सदस्यलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। बिबिसीका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउने महिलाको छोरामा र पुरुषको छोरीमा संक्रमण पुष्टि भएको छ।

दक्षिण एसियामा भारतपछि पाकिस्तानमा संक्रमित बढी छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार पाकिस्तानमा कोरोना संक्रमितको संख्या २० छ। यस्तै, माल्दिभ्समा ८, अफगानिस्तानमा ७, बंगलादेश तथा श्रीलंकामा ३–३ र नेपाल र भुटानमा १–१ संक्रमित छन्।

डब्लुएचओका अनुसार कोरोनाबाट संक्रमितको संख्या विश्वभर एक लाख ६९ हजार नाघेको छ भने ६ हजार पाँच सय बढीको संक्रमणबाट ज्यान गएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App