८ वैशाख २०८१ शनिबार
समाज

डोल्पाको त्रिपुराकोटमा आँखा उपचार केन्द्र

डोल्पा – हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ। ‘नेपाल रेडक्रस सोसाइटी’ कर्णाली प्रदेश आँखा अस्पताल अन्र्तगत त्रिपुरासुन्दरी नगरपालिकाको नगर केन्द्र कोटबगरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

गाउँमै सर्वसाधारणलाई आँखा रोगको उपचार सेवा दिने गरि आँखा उपचार केन्द्र स्थापना गरिएकाले आँखाका रोगीहरूलाई सहज हुने त्रिपुरासुन्दरी नगरपालिका–१ का लबचन्द्र रोकायाले बताए। पन्ध्र शैथ्याको आँखा उपचार केन्द्र स्थापना गर्ने गरि अहिले त्रिपुराकोट स्वाथ्य चौकीको भवनमा आँखा उपचार सेवा सुरू गर्न थालेको नेत्र सहायक अमृत कठायतले बताए। आँखा उपचारको लागि चाहिने सम्पूर्ण उपकरण औषधि चस्माको लेन्स लगायतका सामाग्री आइपुगेर जडान कार्य भइरहेको पनि नेत्र सहायक कठायतले जानकारी दिए।

यसैगरि, आँखा अस्पतालको व्यवस्थापन र आँखा उपचार सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी त्रिपुरासुन्दरी नगरपालिकाका अध्यक्ष तुलबहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय आँखा अस्पताल व्यवस्थापन समिति समेत गठन गरेको छ।

व्यवस्थापन समितिले सर्वसाधारणलाई उपचारमा सहज होस् भनेर आँखा अस्पतालमा उपचारमा आउदा नाम दर्ता तथा पुर्जा दस्तुर एक हजार रुपैयाँ र अस्पतालबाट उपलब्ध गराइने फोकल लेन्ससहितको चस्माको सात सय, धातुको फ्रेम भएको लेन्स हितको चस्माको आठ सय र प्लास्टिक फ्रेम भएको लेन्ससहितको चस्माको एक हजार रुपैयाँ नजिक मात्र हेर्ने मिल्ने चस्माको र तीन सय घाउ सफाई गरेको ५० रुपैयाँ र शल्यक्रिया दस्तुर एक हजार समेत सेवा दस्तुर निर्धारण गरेको हो।

यसैगरि, आँखा अस्तालबाट उपलब्ध गराइने सेवासुविधाको जानकारी दिन र जनचेतनामुलक सन्देश दिन नयाँ वर्षबाट लगातार तिन महिना सम्म नगर र गाउँपालिकास्तरका विद्यालयमा घुम्ति शिविर संचालन गर्ने निर्णय समेत गरिएको व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर विष्टले बताए। जिल्लामै आँखा अस्पताल नहुँदा सामान्य आँखाको उपचारको लागि पनि नेपालगन्ज र काठमाडौंमा जानु परेका विरामीलाई घरआँगनमै स्थापना भएको अस्पतालले सहज हुने पनि अध्यक्ष विष्टको भनाई छ।

 

प्रकाशित: २ चैत्र २०७६ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App