coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फिल्म हलमा नजान सरकारको आह्वान

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, समारोह, विवाह, फिल्म हल र महोत्सवमा सहभागी नहुन आह्वान गर्ने जनाएको छ। गत बिहीबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले १९ निर्णय गर्दै सतर्कता अपनाउन आह्वान गर्ने घोषणा गरेको थियो।

‘संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने फिल्म हल, सभा, समारोह, सामाजिक कार्य तथा मेला महोत्सव सहभागी नहुन आम जनसदुदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयहरूमा उल्लेख गरिएको थियो। पछिल्लो समय सरकारले गरेको आह्वानसँगै देशरभर सञ्चानल भइरहेका सयभन्दा बढी हलहरू प्रभावित हुने सम्भावना बढेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन्।

‘सरकारले गरेको पछिल्लो निर्णयलाई लिएर आइतबार फिल्म हल सञ्चालकहरूलाई बोलाएर बैठक गर्दैछौं,’ उनले भने, ‘अहिले फिल्म हलहरूले सावधानी अपनाएर फिल्म प्रदर्शन गरिरहेका छन्। आइतबार हल सञ्चालनलाई लिएर फिल्म हल सञ्चालकहरूसँग बैठकले बाँकी निर्णय गर्नेछ।’ सरकारको पछिल्लो निर्णयसँगै चैत २८ का रिलिज हुने ‘प्रेमगीत ३’ र ‘चपली हाईट ३’ फिल्महरू प्रभावित हुने सम्भावना बढेको छ। यसअघि ‘म यस्तो गीत गाउँछु २’ र ‘नीरफूल’ ले रिलिज स्थगित गरिसकेका छन्।

प्रकाशित: २ चैत्र २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App