७ वैशाख २०८१ शुक्रबार
कला

सर्‍यो ‘एफ ९’, ‘मुलान’ र ‘सूर्यवंशी’ को रिलिज

लन्डन – कोरोना भाइरस संक्रमण बढेसँगै ‘फास्ट एन्ड फ्युरियस’ को ‘एफ ९’ फिल्मको रिलिज मिति सारिएको छ। कोरोना भाइरसको संक्रमण संसारभर फैलिरहेपछि युनिभर्सल स्टूडियोले मे २२ मा रिलिज हुने फिल्मको मिति ११ महिना पछाडि सारिएको जानकारी गराएको थियो।

चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाइरहेको अवस्थामा ‘फास्ट एन्ड फ्युरियस’ को ‘फए ९’ फिल्म सन् २०२१ को अप्रिल २ मा रिलिज हुने भएको छ। अन्तर्राष्टिय फिल्महरूको लागि ठूलो बक्स–अफिस बजार मानिने चीन, इटाली र दक्षिण कोरिया कोरोना भाइरसका कारण प्रभावित भएका छन्। कोरोना भाइरस संक्रमण बढेसँगै यस क्षेत्रका फिल्म हलहरू बन्द गरिएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाका केही फिल्म हलहरू कोरोना भाइरस संक्रमणसँगै बन्द हुँदैछन्।

भिन डिजलले सामाजिक सञ्जालमार्फत ‘फास्ट एन्ड फ्युरियस’ को ‘फास्ट ९’ आगामी वर्षको अप्रिल २ मा रिलिज हुने जानकारी दिएका थिए। ‘तपाईहरूको प्रेम र आशा हाम्रो अर्को अध्यायको लागि महत्वपूर्ण भएको महसुस गरेका छौं,’ उनले लेखेका छन्, ‘त्यसकारण तपाईहरूलाई अप्ठ्यारो महसुस गराएर फिल्मको रिलिज मिति सारेका छौं। संसारभरका फ्यानहरूले आगामी मे महिनामा फिल्म हेर्न सम्भव छैन्।’ कोरोना भाइरस संक्रमण बढेसँगै अधिकांश फिल्महरूले आफ्ना रिलिज मिति सारिरहेका छन्। ‘अ क्वाइट प्लेस २’ ले मार्चमा आयोजना हुने प्रिमियरको विकल्प खोजिरहेको छ। यस फिल्मको रिलिज मिति पछाडि सारिएको पारामाउन्ट स्टूडियाले जनाकारी गराएको थियो। पारामाउन्ट स्टूडियोले ‘द लभ बड्र्स’ र ‘ब्यु स्टोरी’ को समेत रिलिज पछाडि सारेको छ।

अप्रिलको पहिलो साता रिलिज हुने भनिएको ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ आगामी नोभेम्बरमा रिलिज हुने तय भइसकेको छ। कोरोना भाइरस संक्रमणसँगै फिल्म क्षेत्रको बक्स–अफिस प्रभावित भएका छन्। जस्टिन लिनले निर्देशन गरेको ‘एफ ९’ मा भिन डिजल, मिसेल रोड्रिग्ज, टाइरिस गिब्सन र जोन सिनालगायत कलाकारले अभिनय गरेका छन्। संसारभर कोरोना भाइरस संक्रमण बढेसँगै निर्देशक सेट्टीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति स्थगित गरिएको जानकारी गराएका थिए। फिल्मको नयाँ रिलिज मिति भने तय नभएको उनले जनाएका थिए।

डिज्नीको ‘मुलान’ फिल्मले रिलिज मिति पछाडि सारेको छ। आगामी मार्च २७ मा रिलिज हुने भनिएको फिल्म युनिटले नयाँ मिति सार्वजनिक गरेको छैन्। त्यस्तै अप्रिल ३ मा रिलिज हुने तय भएको एमजिएमको ‘पिटर र्‍यामिट २’ फिल्म अगस्ट ७ मा रिलिज हुने भएको छ। कोरोना भाइरस संक्रमणका कारण संसारभरको फिल्म उद्योगले पौने ६ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। गत वर्ष ४३ अर्बको बक्स–अफिस कलेक्सन गरेको संसारभरको फिल्म उद्योगले कोरोना भाइरससँगै घाटा बेहोर्ने क्रम जारी छ। फिल्म विश्लेषकहरूका अनुसार कोरोनाका कारण बक्स–अफिसमा कम्तीमा पौने ६ अर्ब रुपैयाँको घाटा र प्रोडक्सनमा असर परेको छ। संक्रमण बढेपछि विश्वको प्रतिष्ठित अस्कर अवार्ड जितेको दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले आफ्नो रिजिल मिति सारेको थियो।

यता अभिनेता अक्षयकुमारको ‘सूर्यवंशी’ फिल्मको रिलिज मिति हाल समेत स्थगित गरिएको छ। रोहित सेट्टीले निर्देशन गरेको ‘सूर्यवंशी’ फिल्म आगामी मार्च २४ मा रिलिज हुने तय भएको थियो।

प्रकाशित: २ चैत्र २०७६ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App