अवरोध हटे आज संशोधन टेबुल

आइतबार, २४ पुष २०७३, ०८ : ०७ भुवन शर्मा

काठमाडौं- सरकारले आइतबार बस्ने संसद् बैठकमा संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार मधेस केन्द्रित विभिन्न राजनीतिक दलका नेतासँगको कुराकानीमा संशोधन प्रस्ताव टेबुल गर्ने आश्वासन दिएका हुन्।

प्रतिपक्षी एमालेले भने संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्न नदिने अडान दोहोर्‍याउँदै आएको छ। सत्तारूढ दलले संसद् बैठक सुरु हुनुअघि नै एमालेसँग गतिरोध हटाउन सहमतिको प्रयास गर्ने भएका छन्।

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार संसद् बैठक बस्नुअघि नै एमालेसँग छलफल गरेर सहमतिमा पुग्ने तयारी भइरहेको जानकारी दिए। 'समय निश्चित भएको छैन, आइतबार बिहानै एमालेसँग कुराकानी गर्ने तयारी भइरहेको छ,' उनले भने, 'आइतबार नै संविधान संशोधन विधेयक संसद्मा टेबुल गर्ने सरकारको तयारी छ। एमालेका नेताले देशको गम्भीर अवस्था बुझेर सहमतिमा आउनुहुनेछ भन्ने विश्वास हामीलाई छ।'

प्रधानमन्त्री दाहालले शनिबार तमलोपा नेता हृदयेश त्रिपाठी र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलाई  टेलिफोन गरी संशोधन प्रस्ताव अघि बढाउने आश्वासन दिएका छन्। प्रधानमन्त्रीले संविधान संश्ाोधन प्रस्ताव अघि बढाउने आवश्वासन दिएको जानकारी दिँदै तमलोपा नेता त्रिपाठीले भने, 'उहाँले आइतबार संसद्मा संशोधन टेबुल गर्ने जानकारी गराउनुभएको छ। टेबुल हुनेमा हामी आशावादी छौं ।'

प्रधानमन्त्री दाहालले पनि सार्वजनिक कार्यक्रममा संशोधन विधेयक अघि बढाउने बताएका छन्। शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक शनिबार विमोचन गर्दै दाहालले विधेयक संसद्मा टेबुल गर्ने योजनामा सरकार रहेको बताएका हुन्।

प्रतिपक्षी एमालेले संसद्को गतिरोध अन्त्य गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले अवरोध जारी राखे ऊ नांगिने दाबी पनि गरे।

सरकार संविधान संशोधन विधेयक अघि बढाउन तयार रहेको जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोबिन्द आर्चायले भने, 'सभामुखले समय दिनुभयो भने संशोधन प्रस्ताव आइतबार नै संसद्मा टेबुल हुन्छ।'

संशोधन विधेयकमाथि संवैधानिक प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्च अदालतको आदेशपछि एमालेसहितका दलले संसद् अवरोध गर्नुको औचित्य समाप्त भएको दाबी उनले गरे। 

एमाले नेता अग्नि खरेलले संशोधन विधेयक सरकारले फिर्ता नलिएसम्म संसद् नचल्ने दाबी गरे। 'दलीय सहमति नभएसम्म हिजोअस्ति हामीले जे गरेका थियौं आइतबार पनि त्यही गछर्ौं,' खरेलले भने, 'संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ।'

एमालेसँग सहमति नगरी सरकारले एकलौटी ढंगबाट संशोधन विधेयक टेबुल गर्न नसक्ने बताउँदै खरेलले भने, 'जबरजस्ती गरे संशोधन विधेयक टेबुल हुन दिन्नांै।'

शनिबारै बसेको एमाले स्थायी समिति बैठकले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढ्न नसक्ने ठहर गरेको छ। सरकारलाई संशोधन प्रस्ताव यथास्थितिमा संसद्मा टेबुल गर्न नदिने जानकारी दिँदै बैठकपछि स्थायी समिति सदस्य किरण गुरुङले भने, 'दलीय सहमतिबिना पहिलेकै संशोधन सरकारले अघि बढाउन खोजे हामी पनि संसद् बैठक चल्न दिन्नौं।'

सरकारले गत बुधबार नै संशोधन प्रस्ताव संसद्मा टेबुल गर्ने तयारी गरे पनि एमालेले  प्याकेजमै सहमति गर्ने प्रस्ताव गरेपछि संसद् बैठक स्थगित भएको थियो। उसले आइतबारदेखि संसद् बैठक अवरोध अन्त्य गर्ने आशवासन कांग्रेस, माओवादीका नेतालालाई दिएको थियो। सोहीअनुसार सभामुख ओनसरी घर्तीले आइतबार बस्नेगरी संसद् बैठक स्थगित गरेकी थिइन्।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad