coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधिको दौडमा सिक्किम

बल नियन्त्रणमा लिन प्रतिस्पर्धा गर्दै सिक्किमका कप्तान निवास राना (सेतो) र जावलाखेलका अफ्रिकन खेलाडी फोफाना। तस्बिर : टंक/नागरिक


सर्लाही - जावलाखेल युथ क्लब, ललितपुरलाई टाइबे्रकरमा ३–१ ले हराउँदै पाहुना टोलीले  कञ्चनजंघा फुटबल क्बल, सिक्किमले उपाधिको दौडमा आफूलाई उभ्याएको छ।  

सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। सुरुमा सिक्किमका अभिषेक दर्जीले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अरुण ब्लोनले ब्लक गरे। लगत्तै जावलाखेलका गौरव श्रेष्ठले प्रहार गरेको बल साइडबारमा लागेर फर्कियो भने सुजित बुढाथोकी र रूपबहादुर लामाले प्रहार गरेको बल पोस्टबाट बाहिरियो। सिक्किमका निवास राना, करण थापा र नागेन तामाङले लगातार गोल गरेपछि जावलाखेल ३–१ ले पराजित भयो।

खेलअवधिभर पोस्टमा निकै राम्ररी आक्रमण गरेको जावलाखेल टाइब्रेकरमा अभागी साबित हुँदै घर फर्किन बाध्य भयो। खेलको ५७औं मिनेटमा सिक्किमका नागेन तामाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। सिक्किमक अभिषेक दर्जीले हेड गर्दा क्रस बारमा लागेर फर्किएको बललाई गोलपोस्टनजिक रहेका तामाङले जावलाखेलको जाली चुमाएका हुन्। खेलको ६४औं मिनेटमा जावलाखेलका रूपबहादुर लामाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। डी बक्सबाहिरबाटै लामाले गरेको सशक्त प्रहारले सिक्किमको जाली चुम्यो।

खेल अवधीभर दुवै टोलीबाट  पोस्ट आक्रमण भएका थिए। खेल बराबरीमा पुर्‍याएपछि जावलाखेलले थप आक्रामक बन्दै सिक्किमको गोल पोस्टमा आक्रमण गरेको थियो। दुई अफ्रिकन मूलका विदेशी खेलाडीसहित मैदानमा उत्रिएको जावलाखेलका खेलाडीले गरेका थुप्रै प्रहारलाई सिक्किमका गोलकिपर निगम सिंहले विफल तुल्याए। शनिबारको खेलमा सिक्किमका कप्तान निवास राना म्यान अफ दी म्याच घोषित भए। रानाले ट्रफीसहित नगद १० हजार र एक जोर बुट प्राप्त गरेका छन्। अब सिक्किमले १० लाख धनराशिसहितको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग आइतबार भिड्नुपर्नेछ।

प्रकाशित: २ चैत्र २०७६ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App