coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साढे ५ किलाे चाँदीका १५३ थान ‘सिन्दुरदानी’सहित एक पक्राउ

बरामद भएको चाँदीको सिन्दुरदान देखाउदै प्रहरी उपरीक्षक साह। तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– पर्सा प्रहरीले सिन्दुर राख्ने चाँदीका बट्टा (सिन्दुरदानी) अवैध रुपमा भारतबाट भित्र्याउँदै गरेको अवस्थामा बरामद गरेको छ। सिन्दुरदानीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। वीरगन्ज –१९ स्थित रजत जयन्ती चोकमा चेक जाँचमा खटेको प्रहरी टोलीले शुक्रवार साँझ करिब ७ बजे ना ३३ प ३३६२ नम्बरको मोटरसाइकलबाट १ सय ५३ थान चाँदीका सिन्दुरदानी बरामद गरेको पहरी उपीक्षक गोबिन्दकुमार साहले बताए।

बरामद भएको चाँदीको सामान मोटरसाइकलको सिटभित्र लुकाएर लैजाँदै गरेका वीरगन्ज –३ छप्कैयाका २७ वर्षे प्रदीप साह सोनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँग उक्त सामानको कुनै बिलबिजक वा अरु कागजात फेला नपरेकोले भारतबाट अबैध रुपमा भित्र्याइएको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार भारतीय सीमा नाका नजिकै रहेको ठाउँमा र नेपालतर्फ आउँदै गरेको अवस्थामा चाँदीको सामान बरामद भएको हो। बरामद भएको चाँदीको सामानको वजन ५ किलो ६ सय १५ ग्राम छ । बजार मूल्य करिब ३ लाख ७० हजार रहेको चाँदी वीरगन्ज भन्सार पठाइने प्रहरीले जनाएको छ।
 

प्रकाशित: २३ पुस २०७३ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App