८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित एक जना पक्राउ

महोत्तरी– जिल्लाको सम्सी गाँउपालिका–६ कनहस्थित सीमा ईलाकाबाट फागुन ३० गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका २ बस्ने २२ बर्षिय बिरेन्द्र मण्डल छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटासहित पक्राउ गरेको हो।

पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

 

प्रकाशित: १ चैत्र २०७६ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App