८ वैशाख २०८१ शनिबार
राजनीति

देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताएका छन्। नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्रीले भने, ‘म अप्ठ्यारोमा छैन। तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो। देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ।’

सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्रीले भने, 'संविधान हामीले बनायौं, त्यो महत्वपूर्ण कार्यभार थियो । अब संविधानको सफल कार्यान्वयन गर्नुछ। संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी गरिरहेका छौं । मेरो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने होइन, हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो। राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ।’

लोकार्पणमा प्रधानमन्त्रीले शान्त श्रेष्ठ नेपाली बाम राजनीति र संघर्षको बिशिष्ठ व्यक्तित्व भएको बताउँदै त्यसबाट आफू पनि प्रभावित भएको बताए। कार्यक्रममा राष्ट्रिय राजनीति र सिर्जनाका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

 

 

प्रकाशित: २३ पुस २०७३ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App