coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पाटनमा ब्लच र सिम्प्लिसिटी कला

काठमाडौं – ललितपुरको मंगलबजारस्थित पाटन म्युजियममा बिहीबारदेखि फरकफरक दुई कलाकारको एकल कला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको उद्घाटन प्रोफेसर डाक्टर हेमांग दीक्षितले गरेका थिए। दीक्षितले योङ पिकासो आर्ट स्कुलमा कला सिकेका विद्यार्थीहरूले यसरी कला प्रदर्शनी गर्नु नेपाली कलाबजारका लागि खुसीको कुरा रहेको दाबी गरे।

योङ पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा सुशीलकुमार ढुंगेलको ‘सिम्प्लिसिटी’ शीर्षकमा १८ वटा मूर्तकला प्रदर्शनीमा समेटिएका छन्। ७५ वर्षीय ढुंगेल पाँच वर्षदेखि योङ पिकासो आर्ट स्कुलका विद्यार्थीका रूपमा आर्ट सिकिरहेका छन्। ‘गहिरो रुचि भएकाले कलामा लागेको हुँ,’ २० वर्षअघि उपसचिवबाट अवकाश प्राप्त ढुंगेलले भने, ‘आर्टमार्फत अद्भूत अभिव्यक्ति गर्न पाउँदा खुसी लाग्छ।’ ललितपुर शंखमूलका विकास महर्जनको सोही स्थानमा ‘द ब्लच’ शीर्षकमा कला प्रदर्शनी भइरहेको छ। क्यानभासमा पोतिएका चित्रमा चराचुरुंगीका संयोजन देख्न सकिन्छ।

कार्यक्रममा बोल्दै पिकासो निर्देशक अजय देसारले ढुंगेलको सिर्जना उत्साहको खुलेर प्रशंसा गरे। एमबिबिएस पढ्न लागेको बेला भएको अकल्पनीय दुर्घटनाबाट गुज्रेको स्मरण गर्दै उनले महर्जनको कलायात्राले जीवनले नयाँ मोड लिएको चर्चा गरे। प्रदर्शनी चैत १ गतेसम्म जारी रहनेछ।

प्रकाशित: १ चैत्र २०७६ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App