६ वैशाख २०८१ बिहीबार
राजनीति

नेता ठाकुरले ‘दलित’सँगै बसेर भोज खाए

बारा– तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ‘दलित’ समुदायसँगै बसेर सहभोज गरेका छन्। बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना गरिएको ‘दलित सम्मेलन एवं दलितसँग सहभोज कार्यक्रम’मा अध्यक्ष ठाकुरले दलितसँगै बसेर भोज खाएका हुन्।

दलितसँग सहभोज गर्ने क्रममा नेता ठाकुरले मुलुकको प्रमुख समस्या भनेको नेकपा एमाले रहेको आरोप लगाए।
‘वर्तमान समस्याको जड एमाले हो,’ उनले भने।

सर्वोच्च अदालतले पनि संविधान संशोधनको बाटो खुला गरिदिएको अवस्थामा एमालेले त्यसको बिरोध गरेर देशमा अनावश्यक समस्या खडा गरेको  बताए। मधेसी, दलित र पिछडिएका वर्गलाई अधिकार नदिनको लागि एमालेसहित बिपक्षी दलहरुले संविधान संशोधन विरोध गरेको उनले आरोप लगाए।  

एमालेसहितका राजनीतिक दलहरु संशोधन प्रस्तावको विरोधमा संसद अवरोध गरेर मधेशसँग राजनीतिक बेइमानी गरिरहेको आरोपसमेत ठाकुरले लगाए।

दलितहरुसँग खान पिन गर्दा कसैलाई अहित नहुने समेत ठाकुरले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै तमलोपाका महामन्त्री जितेन्द्र सोनलले तराई मधेशमा छुवाछुतको भावना अहिले पनि विद्यमान रहेको बताएका छन्।

मधेसी समुदायहरुले यस क्षेत्रमा रहेको छुवाछुतको परमपरालाई अन्त्य गर्न सामाजिक स्तरमा चेतना फैलाउनको साथ साथै देशका शासक वर्गले गरको बिभेदकारी नीतिको समेत बिरोध गर्ने समय आएको सोनलले बताए।

छुवाछुतलाई अन्तय गर्नको लागि तमलोपा अध्यक्ष ठाकुर र महामन्त्री सोनलले दतिल समुदायसँग खाना आएका थिए।
 

प्रकाशित: २३ पुस २०७३ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App