८ वैशाख २०८१ शनिबार
कला

प्रज्ञाबाट ‘मुन्दुम’ प्रकाशित

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘मुन्दुम’ प्रकाशन गरेको छ। मुन्दुम किरात राई जातिमा अकाल मृत्यु भएकालाई सदाका लागि बाटो लगाउने ठूलो चिन्ता गर्दा गायन गरिने रिसिया अर्थात् श्लोक हो। प्रतिष्ठानका अनुसार मुन्दुम अन्वेषक भोगीराज चाम्लिङद्वारा संकलित तथा सम्पादित किरात राई जातिको मौखिक ज्ञान मानिने तर हाल लोपोन्मुख अवस्था पुगिसकेको मुन्दुमलाई पुस्तकका रूपमा प्रतिष्ठानको मातृभाषा साहित्य विभागको लघुपरियोजनाअन्तर्गत तयार पारी प्रकाशनमा ल्याइएको हो। एक सय ८४ पृष्ठको उक्त ग्रन्थमा मुन्दुम र मृत्यु संस्कार, मृत्यु संस्कारः विधि र प्रक्रिया, धामी र वेइटुङबिचको संवाद, मुन्दुम रिसिया अर्थात् श्लोक चाम्लिङ नेपाली भाषाबाट नेपाली भाषामा लिप्यान्तरण गरिनुका साथै मृत्यु संस्कारमा चाहिने सामग्रीको विवरण प्रस्तुत छ।

प्रकाशित: १ चैत्र २०७६ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App