coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वास्थ्य चौकीमा औषधि नहुँदा स्वास्थ्यकर्मी भन्छन्: हामी त परामर्शदाता मात्रै

डोटी- लाटामाडौं स्वास्थ्य चौकीमा दुई जना बिरामी आए। स्वयमसेवकका रुपमा खटिएर आएका हेल्थ असिस्टेन्ट बिरेन्द्र शाहीले दुबैको चेँकजाँच गरे। चेँकजाँचपछि उनले दुबै जनालाई अलग–अलग कागजमा औषधी लेखेर दिए। थप केही खानपिन र सजगता सुझाए।

बिरामीको अबस्था हेर्दा जटिल स्थिती थिएन। उनीहरु भन्दैथिए, ‘यहीँ पाउन्न र यी औषधि?’

छेउमै निमित्त ईन्चार्ज शारदा भट्ट थिईन् । उनले जवाफ फर्काईन्,‘पाउन त पाउँछ । तर, आजभोली सकिएको छ । सायद केही दिनमा आउँछ।’

अचेल आफुहरुको दिनचर्या यसरी नै बित्नेगरेको निमित्त ईन्चार्ज भट्टले बताईन् । ‘औषधी नै छैन। अत्यावस्यक औषधि त झनै छैन्,’ उनले भनीन्,‘औषधी नभएपछि कार्यालय खोल्यो । आएका बिरामीलाई परामर्श दियो । पठायो । हामी त अचेल परामर्शदाता मात्रै भएका छौ।’

स्वास्थ्यचौकीमा सिटामोल, मेट्रो, र चिसोमा बिशेष अतिआवश्यक पर्ने बच्चाहरुका लागि चाहिने सिरफ सकिएको छ। यसबाहेक अन्य औषधि पनि स्टकमा नभएको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘जिल्लाबाट माग गरे अनुसार आउँदैन् । आएको केही दिनमै सकिहाल्छ,’ निमित्त इन्चार्ज भट्टले भनीन्, ‘त्यो औषधि बिरामीलाई दिने कि स्टक राख्ने?’

भूमिराजमाण्डौ स्वास्थ्य चौकीका ईन्चार्ज तिल बहादुर बोहरा पनि स्वास्थ्य संस्थाले लगातार औषधि अभाव झेलिरहेको बताउँछन् । ‘दुई बर्षदेखी औषधी अभाव झेलिरहेका छौ,’ उनी भन्छन्,‘बिरामी आउँदा परामर्श दिएर पठाउनु सिबाय काम छैन् । कति रिसाएर जान्छन । कतिले गाली नै गर्छन् । के गर्नु सहेर बसेका छौ।’ स्वास्थ्य चौकीमा सिटामोल, मेट्रो, डाईजिन, सिरफ लगायतका अत्याबश्यक औषधि नै नरहेको उनले बताए।

नियमित औषधि नै जादैन

दुई बर्ष अघिसम्म प्रत्येक तिन महिनामा स्वास्थ्य संस्थाहरुले आफ्नो प्रतिवेदन जिल्ला स्वास्थ्यलाई बझाउँथे। त्यसै प्रतिबेदनमा स्वास्थ्य संस्थाहरुले आफुलाई चार महिनाका लागि चाहिने औषधिको माग पनि गर्ने। सोही अनुसार चौमासिक रुपमा जिल्ला स्वास्थ्यले प्रत्येक स्वास्थ्य संस्थाका लागि प्रर्याप्त मात्रामा औषधि पुर्ती गर्थ्यो। अपुग भए स्वास्थ्य संस्थाहरुले बिचमा थप लगेर जान्थे । तर, पछिल्ला दुई बर्षमा यो क्रम भंग भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘दुई बर्ष भयो नियमित औषधि आपूर्ती हटेका,’ भूमिराजमाण्डौ स्वास्थ्य चौकीका ईन्चार्ज बोहराले भने,‘त्यसयता मागेको भन्दा निकै कम औषधी पाईन्छ। त्यसका लागि पनि लडाई गर्नुपर्छ।’

सोही अनुभव अन्य स्वास्थ्यकर्मीहरु पनि गुनासो गर्ने गर्दछन् । ‘भूकम्प गएदेखी त चौमासिक आपुर्ती भएकै छैन,’ लाटामाण्डौ स्वास्थ्यचौकीका निमित्त ईन्चार्ज भट्ट भन्छिन्, ‘त्यसयता लगातार औषधि अभावको अभावै छ।’

यसबीचमा धेरैजसो स्वास्थ्य संस्थाहरुले स्थानीय निकायसँग समन्वय गरेर बजेट माग गरी औषधि आपूर्ती गर्ने गरेका छन् । जिल्ला स्वास्थ्यले भने अझै पर्याप्त रुपमा आपूर्ती गर्न सकेको छैन्।

‘दुई बर्ष नै नियमित आपूर्ती नभएको भन्ने कुरा त गलत हो । आपुर्ती भएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक हरिश शाहले भने,‘दुई चौमासिक भने आपूर्ती हुन सकेन् । क्षेत्रीय मेडिकल स्टोर धनगढीले नै आपूर्ती दिन नसकेका कारण नभएका हुन् ।’

तीनै दुई चौमासिक आपूर्ती नभएका कारण औषधि अभाव झेल्नुपरिराखेको उनले बताए । अहिले पनि औषधी अभावको स्थिती रहेको उनको भनाई छ । ‘जिल्लामा टेण्डर प्रक्रिया चलिरहेको छ । केही समयमा आपूर्ती हुन्छ,’ उनले भने।

 

 

 

               

 

प्रकाशित: २३ पुस २०७३ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App