coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षा इकाई प्रमुख कार्यकक्षमै मदिराले लट्ठ !

डोटी जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख रामदत्त जोशी । तस्बिर/नागरिक

डोटी- डोटी जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख कार्यकक्षमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्। प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिरामा लट्ठीएको अवस्थामा भेटिएपछिको भिडियो भाइरल भएको छ।

नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले रिपोर्टिङको सिलसिलामा कार्यालय पुगेका थिए। आफू कार्यालय पुग्दा प्रमुख जोशी मदिराले लट्ठीएको अवस्थामा रहेको उनले बताए। त्यसक्रममा उनले खिचेको भिडियो विभिन्न अनलाईन मिडियामा भाईरल बनेको छ। ‘१२ बजेर ३० मिनेटको समयमा एसइई परीक्षा तयारीका बारेमा रिपोर्टिङ्ग गर्न म त्यहाँ जाँदा उहाँ कुरै गर्नसक्ने अवस्थामा हुनुहुन्थेन,’ अध्यक्ष बमले भने।

भिडियोमा ‘आफ्नो खाने बानी परेको’ स्वीकार्दै जोशीले शुक्रबार भने नखाएको बताएका छन्। ‘बिहीबार साँझ भर्जिन खाएको’ भन्दै उनले कुरा टार्न खोजेका छन्।

कार्यालयमा दिनहुँजसो प्रमुख लगायतका कर्मचारी मदिरा सेवन गरेर आउने गरेको सेवाग्राहीहरुले दुखेसो पोखेका छन्। ‘यस्तो त यहाँ दिनहुँ हुन्छ,’ परिचय नखोल्ने शर्तमा एक सेवाग्राहीले भने,‘कैयौ पटक त दुव्र्यवहारै गरेर पठाईदिन्छन्।’

कार्यालय समयमा मदिरा सेवन गरेर आउने गरेको जानकारी पटक–पटक आउने गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल स्वीकारे। ‘मौखिक स्पष्टिकरण सोध्दा अबदेखि नखाने भन्नुहुन्थ्यो,’ उनले भने। जोशीलाई तत्काल छानवीन गरेर कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन गरिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय डोटीको टोली जादा ढोका बन्द गरेर कोठामा बसेका जोशीलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण भईरहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित: ३० फाल्गुन २०७६ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App