coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पशुपति मुरारका भन्छन्– ‘अब आर्थिक क्रान्ति जरुरी’

पाल्पा– नेपाल विकासोन्मुख राष्ट्र भएकोले उद्योगधन्दा विस्तारको प्रशस्त रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । निजी क्षेत्र लामो समयदेखिको राजनीतिक सङक्रमणबाट गुज्रिएर आएकोले आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्नतर्फ लाग्नुपर्ने अध्यक्ष मुरारकाले बताएका छन्।
    
शनिबार तानसेनमा पाल्पा उद्योग वाणिज्य संघको ६१ औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मुरारकाले संविधान घोषणा भएसँगै देशमा उद्यमशीलताको आवश्यकता भएको समेत बताए । उद्यमशीलताको विकासकालागि निजी क्षेत्र उद्योग तथा व्यवसायका साथैै शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषिलाई अगाडी बढाउन चाहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघले शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक भएको महशुस गरेर नै यसमा लगानी लगाएको अध्यक्ष मुरारकाले बताए । सरकारको दूरगामी दृष्टिकोण नहुँदा निजी क्षेत्रले समस्या भोगिरहेको उनले बताए । उनी भन्छन्, ‘हामी मुलुकमा उद्योगहरु फस्टाउन र व्यवसाय प्रवद्र्धन लागि परेका छौं । अब देशमा व्यवसाय तथा उद्योगधन्दा फस्टाउने गरि कार्य गर्न जरुरी छ ।’ देशमै उद्योगधन्दा स्थापना गर्ने युवालाई रोजगारीमा लगाउने र आर्थिक रुपमा सम्वृद्धि गराउनेतर्फ ध्यान पुग्नुपर्ने समय आएको छ, अध्यक्ष मुरारकाले भने । पाल्पामा कृषि पर्यटन उपयुक्त हो भन्ने लागेर एग्रो टुरिजमलाई आगामी दिनमा यहाँको उद्योग वाणिज्य संघले अगाडी बढाउने छ ।

महासंघका वरिष्ठ सदस्य चण्डीराज ढकालले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देश विकास सम्भव रहेको बताए । उनले उद्योग धन्दाको वृद्धि, रोजगारको अवसरका लागि पनि निजी क्षेत्र नयाँ गतिमा अगाडी बढ्नुपर्ने बताए । राजनीतिक परिवर्तनसँगै विदेश पलायन भएका युवालाई स्वदेशमै अवसर दिने बेला आएको ढकालले बताए । त्यस्तै जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले निजी क्षेत्रसँग सर्बसाधारणको अपेक्षा बढेको बताए । उनी भन्छन्, ‘सामाजिक उत्तरदायित्व बहन गर्न निजी क्षेत्र सक्षम छ । यसमा सरकारी उदासिनता देखिनु भएन ।’
    
पाल्पा–बुटवल सडक, खानेपानी तथा उद्योगिक पूर्वाधारको कमीका कारण जिल्लाको विकासमा चुनौती थपिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । उनले जिल्लामा करुवा र ढाकाको प्रशस्तै सम्भावना भएता पनि यसको संरक्षण गर्न समस्या परेकोले सरकारले समेत ध्यान दिन जरुरी रहेको बताएका थिए । उनले यो साधारणसभाले आगामी वर्षदेखी जिल्लामा एग्रो टुरिजम विकास गर्नेगरि कार्ययोजना अगाडी ल्याउने बताए । साधारणसभामा संघका कोषाध्यक्ष दिपकप्रसाद पाण्डेले चालु आवको एक करोड १६ लाख बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।
जिल्लामा संघले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत अदूवाको प्रवद्र्धन कार्य २०६९ देखी गर्दै आएको छ। आगामी आर्थिक वर्षदेखि संघले एक गाउँ एक जिल्ला (ओडिओपी) अन्तर्गत एग्रो टुरिजम सञ्चालनका लागि अनुमति पाएको ओडिओपी कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताए ।

प्रकाशित: २३ पुस २०७३ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App