८ वैशाख २०८१ शनिबार
समाज

बलात्कार आरोपमा एक पक्राउ

उदयपुर- एक शारीरिक अपाङ्गता भएकी युवती बलात्कार आरोपमा उदयपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फरक क्षमताकी २६ वर्षीया युवतीमाथि जवरजस्ती गरेको आरोपमा त्रियुगा नगरपालिका ९ का १९ वर्षीय बबित मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बुधबार राति १२ बजेकाे समयमा घरको ढोका फाेडेर युवतीमाथि बलात्कार भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। दनुवारलाई प्रहरी हिरासतमा राखी अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको जनाइएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App