६ वैशाख २०८१ बिहीबार
समाज

स्कुटरबाट ६ लाख लुटपाट

भक्तपुर- काभ्रे पाँचखाल घर भई हाल मध्यपुर ठिमी नगरपालिका–१३ बालकुमारी लती बस्ने ३१ बर्षीया मन्दिरा अधिकारी थापाको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट भएको छ।

                मन्दिरा अधिकारीले मध्यपुर ठिमी नगरपालिका–१५ गठ्ठाघर स्थित पुरानो ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको एनआईसि बैंक कौशलटारबाट ५ लाख रुपैयाँको चेक साटी नगद १ लाख रुपैयाँ भएको व्यागमा राखेर ( जम्मा ६ लाख) लिएर घर जाँदै गर्दा लुटपाट भएको प्रहरीले जनाएको छ। बा ६१ प २२७३ नंबरको स्कुटर चलाई स्कुटरको अगाडी खुट्टा राख्ने ठाउँ नजिकै हुकमा व्याग राखेर गठ्ठाघरको भित्री बाटोतर्फ जाँदै गरेको अवस्थामा अल्फाबेट र नंबर नखुलेको २९ लटको कालो रातो रङको २२० सि.सि. पल्सर मोटर साइकलमा आएका २ जना अपरिचित व्यक्तिले उनको व्याग लुटेको प्रहरीले जनाएको छ।  

 

प्रकाशित: २३ पुस २०७३ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App