coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गुञ्जिरहने धुनसँग जीवनको लय

काठमाडौं-  ‘औंलाका टुप्पोहरुमा फोका उठ्थे। फोका फुटेर औंलामा चिरा चिरा पर्थ्यो। बिरामी औंलाहरूले कतै छोइहालेमा नराम्रोसँग मुटुमा सुल हानेझैं हुन्थ्यो। यस्तो बिजोग भएर नि कसले सरोद बजाउँछ ? ‘नोस्टाल्जिक’ हुन्छन् सुदर्शन राजोपाध्य। सरोदका तारहरूबाट निस्किएको धुनले भने दुखाई कम गर्थ्यो। अझ रागहरु निकाल्न लोभ लाथ्यो। त्यही लोभ र उत्कट चाहनाका अगाडि सुदर्शन राजोपाध्यका औंलाहरू दुखे पनि सरोदका रागले पीडा सामान्य बनाइदियो। त्यही साधनाले शास्त्रीय संगीतको अब्बल संगीतकार बने उनी।

‘मलाई हातको दुखाइभन्दा सरोदबाट निस्किएका धुनले बढी आनन्द दियो। प्रण गरें, जसरी पनि सिकेरै छाड्छु। त्यहि प्रणले सरोदसँग नाता गाँसेको तीन दशक नागेछ, त्यो दुखाइ संघर्ष अहिलेको सफलता मान्छन् उनी।

सुदर्शनका सरोदका धुन थुप्रै देशमा गुञ्जिए। सयौं मानिसहरू सरोदको रागमा मोहित भए।

नेपाल, भारत, पास्कितान,जापानलगायत देशमा दर्जनौं कार्यक्रममा सरोद बजाइसकेका छन उनले। भारतमा विभिन्न शास्त्रीय संगीतबाट सम्मान तथा पुरस्कार पाईसेका छन्। त्यो सम्मान आफूले संगीत क्षेत्रमा पुर्याएको योदान मान्छन्,उनी। नेपालमा शास्त्र सम्मान ‘सेभ द नेशन’ अवार्ड थुप्रै अवार्ड तथा सम्मान पाएका छन्।

‘शास्त्रीय संगीतमा लागेर मैले धन सम्पत्ति कमाएको छैन। घरपरिवार पाल्न पुगेको छ। सामान्य जीवन बिताइरहेको छु,’ उनी भन्छन, ‘मलाई त्यति धेरै सम्पत्तिको लोभ पनि लाग्दैन। सामान्य जीवनमै रमाउने मान्छे हुँ।’

‘जति दुःख पीडा भए पनि शास्त्रीय संगीतबाट भाग्न सकिनँ। जीवनमा थुप्रै अभावहरु थिए। कहिलेकाहीँ त यति दिक्क लाग्थ्यो बजाउन छाडेर फालेर हिँडिदिऊँ जस्तो। तर अब त्यो सबै बिर्सिसकियो’, उनले विगत सुनाए।

ललितपुरको पाटनढोकामा जन्मिएका सुदर्शनका पीता संगीतकार थिए।  बुबाले सरोद बजाउँथे। बुबाले सरोद बजाएको हेर्थे, सुन्थे। बाल्यकालदेखि सरोदका रागहरू सुन्दै हुर्किए। सरोद बजाउने मोह बढ्दै गयो। विस्तारै सरोदमा लत बस्दै गयो, उनलाई।

संगीतसँगै हुर्किएका सुदर्शनले पहिले सरोदवादक बन्छु भन्ने सोचेका थिएनन्। ‘स्कुले जीवनमा गीतार बजाउँथेँ, गीतारै बजाउँछु होला भन्ने सोच थियो। तर, गीतारले मात्र संगीतको धित मार्न सकेन। र सरोदप्रतिको मोह जाग्यो,’ उनले भने।

०४५ साल तिरको कुरो हो। एसएलसी पछि कुन विषय पढ्ने भन्ने अन्यौल थियो। संगीतप्रतिको लगाव भएकोले एसएलसी पछि संगीतलाई अझ गहिरो गरी अध्ययन गर्ने सोचेका थिए।

बुबा पनि संगीतकार भएकाले छोराको उद्देश्यमा बाधक बनेन्। छोराको शास्त्रीय संगीतको मोहले बुबा खुसी थिए। बुबाले भारतको कलकत्तामा शास्त्रीय संगीत अध्ययनका लागि चाँजोपाँजो मिलाई दिए। शास्त्रीय संगीत अध्ययन गर्न भारतको कलकत्ता पुगे सुदर्शन।

२०५२ सालमा शास्त्रीय संगीतमा ‘मास्टर्स’ सकेपछि नेपाल फिरे उनी। रेडियो नेपालमा उनका बुबा जागिरे थिए। बुबाकै कारण रेडियो नेपालमा शास्त्रीय संगीत विभागमा काम गरे उनले।

‘रेडियो नेपालमा शास्त्रीय संगीतको खासै कार्यक्रम भएन। जब नेपालमा बहुदल आयो, रेडियो नेपालका शास्त्रीय संगीतका कार्यक्रमहरु बन्द भए। त्यसपछि उनको खासै काम भएन त्यहाँ।

रेडियो नेपालले शास्त्रीय संगीतको विभाग नै हटायो। अहिले रेडियो नेपालका तबला, सितार, सरोदजस्ता बाजाहरू त्यसै थन्किएको उनको अनुमान छ।

शास्त्रीय संगीतजस्तो आनन्दित संगीत कुनै पनि नभएको उनी दाबी गर्छन। यो संगीतलाई हिदुस्तानी संगीत भनेर नेपालीहरूले हटाएको उनको बुझाइ छ। नेपालको महत्वपूर्ण चाडपर्वमा शास्त्रीय संगीतको प्रयोग गरिन्छ। दशैं र तिहार मालाश्री धुन बजाइन्छ।

शास्त्रीय संगीत बजाउने अधिकांश वादक बेरोजगार भएको सुदर्शन बताउँछन। उनी भन्छन, ‘शास्त्रीय संगीत बजाउने कुनै पनि थलो नहुँदा दशतिर भौंतारिनुपरेको छ।’ रेडियो नेपालमा शास्त्रीय संगीतको कार्यक्रम चलाउन खोजें। तर, उनले सकेनन्।

 ‘संगीतले पैसा दिएन, तर आत्मासम्मन दियो’, उनी भन्छन्, ‘पैसा मात्रै सबथोक होइन् पैसा कामाउनु थियो भने अर्थोकै केहि गर्थेँ होला। जीवनमा सबै भन्दा ठूलो आत्मासम्मान हो।’

‘अस्तित्व रहन्छ होलाजस्तो लाग्थ्यो। तर, सरोद बजाएरै लोकप्रिय बन्छु भन्ने लागेको थिएन, तर मैले यही बाजाबाट नाम कमाएँ।’

‘शास्त्रीय संगीतमा लागेर मैले धन सम्पत्ति कमाएको छैन। घरपरिवार पाल्न पुगेको छ। सामान्य जीवन बिताइरहेको छु,’ उनी भन्छन, ‘मलाई त्यति धेरै सम्पत्तिको लोभ पनि लाग्दैन। सामान्य जीवनमै रमाउने मान्छे हुँ।’

संगीतमा लाग्न साधना चाहिन्छ। संगीतलाई हल्का रूपमा लिएर हुदैन्। ‘संगीतमा लट्ठिन्थें बन्द कोठमा ध्यानमग्न भएर। राति अरूलाई ‘डिस्टर्ब’ होला हुन्छ भनेर कोठा बन्द गरेर बजाउँथें। खाना  खान पनि नै बिर्सन्थें’, उनले गम्भीर भावमा भने। जीवनको लक्ष्यमा पुग्न धैर्यता चाहिन्छ। धैर्यताले नै जीवनको लक्ष्य प्राप्ति हुन्छ। आजको दिनसम्म संगीत सधानमै वित्यो  उनको। जीवनमा उनलाई कहिल्यै छटपट र दिक्क लागेन। सरोद रागसँग मस्त विताई रहे। ‘सरोद बजाउन थालेको चार दशक भयो। तर समय बितेको पत्तो भएन। दिन रात सरोदलाई काखमा लिएर विते।

‘सरोद जीवनको मेडिटेसन हो। बजाउने कुनै निश्चित समय हुँदैन। फुर्सद मिल्नेबित्तिकै काखमा लिएर बजाउन थालिहाल्छु’, उनी भन्छन्।

यसका लागि साधना नै मुख्य कुरा। यो ध्यान चाहिन्छ। भित्रैदेखि तपस्या गर्नुपर्छ। नत्र धुन निस्कँदैन, उनी भन्छन, यसका लागि ध्यान नै मुख्य कुरा हो।’

उनको अधिकांश समय भारतमा बित्छ। भारतमा शास्त्रीय संगीतका कार्यक्रमहरू थुप्रै हुन्छन्। कार्यक्रमका लागि सरोदको लागि निमन्त्रणा आउँछ।

भारतमा नेपाली मूलका भनेर उनलाई सबैले चिन्छन्, चर्चा गर्छन्। जब उनले जीवनको अर्थ भेट्छन्, अनि आनन्द आउँछ।

भारतमा प्रख्यात छन्। भारतमा सरोदवादकको संख्या पनि कमै छ। भारतमा हुने सांगीतिक कार्यक्रमहरुमा बोलाउँछन।

नेपालमा चाहिँ कसरी गुमनाम भएँ, थाहा छैन। नेपालमा शास्त्रीय संगीतको कार्यक्रम नहुँदा उनी गुनासो गर्छन। राज्यले शास्त्रीय संगीत नबुझेको उनको भनाइ छ।

‘भारतमा जस्तो नेपालमा प्रतिभा देखाउने स्थान छैन। नेपालमा कलाकारिताको कदर हुँदैन,’ उनी भावुक हुँदै भन्छन, ‘संगीतमा जीवन समर्पित गरें तर कला प्रदर्शन गरेर नेपालमा ज्यान पाल्न सकेको छैन।’

सरोदले सिकाएको जीवन

उनको बुझाईमा संगीत जीवन हो। संगीतले जिउन मदत गर्ने सुदर्शनको बुझाइ छ। संगीतले मानिसलाई नयाँ तरिकाबाट जीवन अघि बढाउन मार्गनिर्देश गर्छ। उनले संगीतबाट जीवन जिउने नयाँ तरिका सिके। सयौं जीवनका अप्ठ्याराहरूलाई चिर्दै अघि बढे। शास्त्रीय संगीतलाई भारतले माया गर्छ। भारतको वेस्ट बंगालका अधिकांश स्थान पुगेका छन्। भारतको शास्त्रीयसंगीतलाई मज्जा ग्रहण गरेका छन्। त्यहाँको कलासंस्कृतिलाई राज्यले दिएको सम्मालाई देख्दा लोभ लाग्छ।

‘शास्त्रीय संगीतमा लागेर मैले धन सम्पत्ति कमाएको छैन। घरपरिवार पाल्न पुगेको छ। सामान्य जीवन बिताइरहेको छु,’ उनी भन्छन, ‘मलाई त्यति धेरै सम्पत्तिको लोभ पनि लाग्दैन। सामान्य जीवनमै रमाउने मान्छे हुँ।’

‘नेपाली कलालाई सरकारले बुझेको छैन। यदि भारतमा कार्यक्रम नुहुँदो हो त के हुन्थ्यो ?’, कार्यक्रमले मात्रै बाँचेको बताउँदै दुखेसो पोख्छन् उनी। यो बाजा बजाउनेले हत्तपत्त जागिर नभेट्ने उनको ठम्याइ छ। तर, नेपालमा शास्त्रीय संगीतको कार्यक्रम नहुँदा उनको मन नै खिन्न हुन्छ।

सजिलो छैन् शास्त्रीय संगीत

‘शास्त्रीय संगीतको कार्यक्रम गर्ने अर्गनाइजर नै भेटिँदैन। कार्यक्रम गर्यो भने हामीजस्ता कलाकारलाई बाँच्न सजिलो हुन्थ्यो’, उनी भावुक हुँदै भन्छन, ‘अहिले भारतकै पर्नु परेको छ।'

सरोद जति बजायो, उति नै निखारता आउने उनको अनुभव छ। ‘एक महिना बजाएर पोख्त हुन्छु भनेर सम्भव छैन। यसलाई त्याग र तपस्या दुवै चाहिन्छ, उनी भन्छन, ‘दिन रात नभनी लाग्नुपर्छ। यो सिक्नका लागि भित्री मनदेखि आउनुपर्छ।’

नयाँ पुस्तालाई बुझेर मात्रै सरोद सिक्न सुझाउँछन। उनैले सिकाएका विद्यार्थीहरू पनि सिक्दासिक्दै भागेका छन। त्यसैले उनले सजग गराउँछन। राम्रो गर्यो भने सरोदमा सम्भावना देख्छन उनले।

‘तर यसलाई मेहनत चाहिन्छ। आफैंलाई समर्पित गर्नुपर्छ’, उनले भने। सरोद बजाउन रहरले मात्रै नहुने उनको अनुभव छ। उनको अनुभवले यसो भन्छ, ‘सरोद बजाउने रहरले होइन, मनले हो।’

सरोद बजाउनु कठिन पेशाको रूपमा लिन्छन उनी। भन्छन, ‘सरोदले मान्छेको मनमा आनन्द तुल्याउँछ। तर, सिक्न पनि उत्तिकै खर्चिलो छ। यो पेशा अँगाल्न जोकोहीले सक्दैन।’

 

प्रकाशित: ३० फाल्गुन २०७६ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App