coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तीन वर्षीया छोरीसहित बाबु मृत फेला

दमौली- तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा  मृत फेला परेका छन्। घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीका प्रहरी सहायक निरीक्षक राजु न्यौपानेले जानकारी दिए। 'बाबुको मानसिक सन्तुलन ठीक नरहेको र श्रीमतीसहित छोरीलाई पासो लगाएर मार्न तीन वटा गाँठो बनाएको रहेछ', उनले भने, 'श्रीमती भागेपछि छोरी र बाबु झुण्डिएको अवस्थामा फेला परे।' प्रहरीले घटनाको अनुसन्धान गरिएको र विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने बताएको छ। रासस

प्रकाशित: ३० फाल्गुन २०७६ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App