coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

असहमझदारी हटाउँदै कांग्रेसका असन्तुष्ट नेता

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने नीति अख्तियार गरेपछि असन्तुष्ट नेता आपसी असमझदारी हटाउने प्रयासमा जुटेका छन्। पार्टीको १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिकपछि पनि सभापति देउवाले विभागसहितका नियुक्तिलाई तीव्र बनाएपछि बिहीबार संस्थापन इतरका नेता आगामी रणनीति बनाउन एक ठाउँमा भेला भएका छन्। नेता अर्जुननरसिंह केसीनिवास गोगंबुमा बिहीबार साँझ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौलासहितका नेता छलफलमा जुटेका हुन्।

नेता सिटौलाको साथ पाएपछि सभापति देउवाले विभाग गठन गरेको भन्दै संस्थापन इतर पक्षमा संशय छाइरहेको छ। त्यसले सिटौलासहित संस्थापन इतर पक्षको दुरी बढिरहेका बेला त्यसलाई कम गर्ने प्रयासस्वरूप भेला राखिएको जानकारी दिँदै सहभागी एक नेताले भने, ‘हामीबीच रहेका आन्तरिक असमझदारी हटाउने प्रयास गरेका हांै।’

शेर्माको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्। पार्टी केन्द्र्रीय कार्यालयले बिहीबार शोक विज्ञप्ति जारी गर्दै देउवाले मुलुकमा प्रजातन्त्र पुनस्र्थापनमा शेर्माले महत्वपूर्ण योगदान पु-याएको जनाएका छन्। ‘शेर्माले नेपालका प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो,’ देउवाले भने, ‘उहाँको निधनबाट पार्टीले एक निष्ठावान् नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ।’

त्यस्तै, पार्टी नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताले पनि शेर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्। अन्तिम श्रद्धाञ्जलीका लागि शेर्माको पार्थिव शरीर शुक्रबार बिहान ९ देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने छ। लामो समयदेखि अस्वस्थ शेर्माको बुधबार निदान अस्पतालमा निधन भएको थियो।

प्रकाशित: ३० फाल्गुन २०७६ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App