coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गच्छेदारले भने– ‘८ प्रदेशमा नगई निकास निस्किँदैन्’

काठमाडौं– मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने बताएका छन्।

उनले आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा लागेको पार्टी नभएको जिकिर गर्दै रिपाेर्टर्स क्लबकाे टाेलीसँग शनिबार उनले भने, ‘मैले मुलुकको निकासको लागि जहिले पनि मध्यमार्गी भूमिका निर्वाह गरेको छु,’ चाहे त्यो संविधान जारी गर्नको लागि होस् चाहे अरु बेला नै किन नहोस्, अहिले पनि म सहमति र निकासको लागि दलहरुसँग निरन्तर छलफलमा नै छु।’

प्रमुख दलहरुबीच सहमति, सहयर्का र एकताको अहिलेपनि उत्तिकै खाँचो रहेको उल्लेख गर्दै अध्यक्ष गच्छदारले भने, ‘अहिले देखिएका विवादहरु र विगतमा गरिएका सम्झौताहरुलाई सम्बोधन गर्नेगरि संविधान संशोधन गर्नुपर्छ।’

उनले अहिले सरकारले अघि सारेको संशोधन विधेयक अधुरो र अपूरो रहेको बताउँदै उक्त प्रस्तावलाई परिमार्जन नगरे यसले मुलुकको समस्या समाधान नहुने जिकिर गरे। उनले अघि थपे, ‘यो प्रस्तावले यथास्थितिमा अथवा परिमार्जन नगरे समस्याको समाधान गर्न नसक्ने हुँदा परिमार्जन गरेर नै अघि बढ्दा राम्रो हुन्छ।’

आफ्नो पार्टी सत्तारुढ दल भए पनि संविधान संशोधन विधेयक तयार पार्दा कुनै छलफल नगरिएको उनको गुनासो थियो। ‘संशोधन प्रस्ताव तयार पार्दा हाम्रो पार्टीसँग कुनै छलफल नै गरिएन, अहिले हामी सत्ता पक्ष नै हो, तर हामीसँग छलफल नै नगरिकन अपूरो प्रस्ताव ल्याइयो,’ उनले भने।

उनले ७ प्रदेशले मुलुकको समस्याको समाधान नगर्ने जिकिर गरे।

‘८ प्रदेशको सहमति तोडिएको हुनाले अहिलेको अवस्था आएको हो, त्यसैले ८ प्रदेशमा जाँदा समस्याको समाधान हुन्छ,’ उनले भने, ‘झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर निकै विवादित जिल्ला रहँदै आएका छन्, तर यो संशोधन प्रस्तावले यसको कुरा गरेको छैन, एक शब्दपनि चर्चा गरेको छैन, त्यसैले यथास्थितिमा हामीले समर्थन गर्दैनौं, थारुहरुप्रति ठूलो धोका भएको छ।’
उनले पूर्वको एउटा प्रदेश बन्नुपर्छ र कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने समेत माग दोहोर्याए। गच्छदारले थपे, ‘त्यसैले ८ प्रदेशमा जानुपर्छ।’
 

प्रकाशित: २३ पुस २०७३ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App