coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

हार्वी वाइन्स्टिनलाई २३ वर्ष जेल

न्युयोर्क – बलात्कार र यौन दुर्व्यवहारको घटनामा दोषी ठहर हलिउड फिल्मका निर्माता हार्वी वाइन्स्टिनलाई न्युयोर्कको एक अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ। ह्वीलचेयरमा अदालतमा उपस्थिति भएका निर्माता वाइन्स्टिनको पक्षका वकिलहरूले उमेर र फिल्म क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सजाय घटाउन माग गरेका थिए।

उनीहरूले पाँच वर्ष सजाय निर्माता वाइन्स्टिनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए। अदालतमा पीडितहरूको पक्षमा वकालत गरिरहेका वकिलहरूले शोषण गर्ने निर्माता वाइन्स्टिनले कुनै पश्चाताप नगरेको भन्दै लामो समय जेल सजाय दिनुपर्ने माग गरेका थिए।

यसअघि सो अदालतले ६७ वर्षीय वाइन्स्टिनलाई थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको थियो। मुटुमा समस्या भएलगत्तै विगत १० दिनदेखि अस्पतालमा रहेका निर्माता वाइन्स्टिनलाई २३ वर्षको सजाय सुनाएलगत्तै जेल लगिएको थियो।

अदालतमा निर्माता वाइन्स्टिनले आफूमाथि गलत नियतले आरोप लगाइएको भन्दै ‘मिटु’ अभियानले बारम्बार गलत तरिकाले व्याख्या गरिएको बताएका थिए। अदातलका अनुसार बलात्कारको थर्ड डिग्री आरोप भन्नाले सहमति जनाउन नसक्ने अवस्थामा रहेका वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नुका साथै कुनै कारणवश त्यस्तो नगरेकासँग शारीरिक सम्बन्धमा संलग्न रहेको भन्ने बुझिन्छ।

सो सजायलाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको छ। सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ। पाँच जना महिला र सात पुरुष रहेको इजलासले उनीविरुद्ध फैसला सुनाएको थियो। अभिनेत्री एन्जेलिना जोली, ल्यासेट एन्थोनी, केट बेकिस्, कारा डेलविंग्रे, एमा थाम्पसन र जेन फोंडासहित ८० भन्दा बढीले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएका थिए।

सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको थियो। अदालतले तत्काल उनलाई जेल चलान गर्न आदेश सुनाएको थियो। सन् २०१८ मा बलात्कार र यौन दुव्र्यवहारका आरोपहरू लागेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। संसारभर चलेको ‘मिटु’ अभियानअन्तर्गत उनीविरुद्ध कैयौं यौन दुव्र्यवहारको आरोपहरू सार्वजनिक भएलगत्तै अस्कर अवार्डको आयोजक द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सले उनलाई बोर्डको सदस्यबाट बर्खास्त गरेको थियो।

मिटु अभियानअन्तर्गत शक्तिशाली पुरुषले गरेको यौन दुराचारविरुद्ध एकजुट भएर पीडितहरूले तीन वर्षभन्दाअघि निर्माता वाइन्स्टिनविरुद्ध बलात्कार र दुव्र्यवहारको मुद्दा दर्ता गराएका थिए। हलिउडका प्रभावशाली निर्माता वाइन्स्टिनले शक्तिको दुरुपयोग गर्दै धेरै महिलाहरूलाई यौन हिंसा र बलात्कार गरेको समाचार सन् २०१७ मा न्युयोर्क टाइम्स र द न्युयोकरले प्रकाशन गरेको थियो। मिटु अभियानको दौरान ८० भन्दा बढी महिलाहरूले उनीविरुद्ध बलात्कार र दुव्र्यवहार गरेको आरोप लगाएका थिए।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App