८ वैशाख २०८१ शनिबार
कला

सुरु भयो ‘२ नम्बरी’ को सुटिङ

काठमाडौं – निर्देशक दीपेन्द्र लामाको ‘२ नम्बरी’ फिल्मको सुटिङ सुरु भएको छ। पोखरा आसपासका क्षेत्रमा बिहीबारदेखि सुटिङ सुरु भएको जानकारी निर्देशक दीपेन्द्र लामाले गराएका थिए।

अभिनेता दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनसहितको फिल्म युनिटले पोखरामा फिल्मको सुटिङ सुरु गरेका हुन्। मित्रताको कथामा आधारित फिल्मले समाजमा हुने दुई नम्बरी कामलाई उठान गरेको छ। फिल्मको सुटिङ ३५ दिनमा सिध्याउने दाबी निर्देशक लामाले गरेका छन्।

संसारभर फैलिएको कोरोना भाइरण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण फिल्महरूको सुटिङ तत्काल स्थगित गर्न आह्वान गरेपनि ‘२ नम्बरी’ फिल्म युनिटले सुटिङ सुरु गरेको हो।

यसअघि निर्देशक लामाले निर्माताहरूसँग सल्लाह नगरिकन नेपाल चलचित्र निर्माता संघले गरेको आह्वान आफूलाई मान्य नहुने बताइसकेका थिए। ‘अहिलेको स्थितिमा सतर्कता अपनाउनुको सट्टा निर्माता संघ आवश्यकभन्दा बढी आतंकित हुनु जरुरी छैन,’ उनले भने, ‘नेपाल सरकार मातहतको चलचित्र विकास बोर्डले सूचना निकाल्यो भने सोच्नुपर्ने हुन्छ। चार सय हाराहारीका दर्शक हुने हलहरूमा नियमित फिल्म प्रदर्शन हुने करिव दुई दर्जन फिल्म युनिट भेला भएर सुटिङ गर्न नहुने भन्ने हुन्न्।’

फिल्ममा अभिनेता दयाहाङ राई, भुटानी अभिनेत्री उगेन, पल शाह, वर्षा राउत र बुद्धि तामाङलगायतका कलाकारहरूले अभिनय रहनेछ। रेड बर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई सुसन प्रजापतिले खिचिरहेका छन्। फिल्म युनिटका अनुसार फिल्म आगामी जनैपूर्णिमामा रिलिज हुनेछ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App