८ वैशाख २०८१ शनिबार
अर्थ

जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री आग्रह

पर्सा– ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएका छन्।

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा शनिबार वीरगन्जमा आयोजित व्यापारीसँगको अन्तरक्रियामा उहाँले जलविद्युतको विकास भएमात्र देशको आर्थिक विकास हुने बताए। उनले वर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा सङ्कटलाई समाप्त पार्नुपर्नेमा जोड दिए।

मन्त्री शर्माले देश सङ्घीयतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युतको उपयोग गर्नुपर्ने धारणा राख्ने।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो कार्यक्रममा यहाँका व्यापारीहरुले वीरगन्जले खेप्दै आएको ऊर्जा सङ्कटको अन्त्य गर्न माग गरेका थिए। रासस

प्रकाशित: २३ पुस २०७३ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App