८ वैशाख २०८१ शनिबार
समाज

जिप दुर्घटना हुँदा दुईको मृत्यु

गाईघाट (उदयपुर)-सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीया भीमकुमारी राउत छन् ।

सो दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर कार्की, ४६ वर्षीय रेशमकुमार कार्की र १७ वर्षीया एलिना श्रेष्ठ गम्भीर घाइते भएकामा भेषराज र विष्णुबहादुरलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल, निलबहादुर र रेशमकुमारलाई विराटनगरस्थित न्युरो अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पतालमा राति नै पठाइएको प्रहरीले बताएको छ ।


कटारीबाट गहुँबारीतर्फ जाँदै गरेको स १ ज ४०९ नंको उक्त बलेरो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत गहुँबारीको भिरबाट स्ेटरिङ फेल भई ३०० मि तल खसेको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए।  जिप चालक हर्देनी–३ का ३२ वर्षीय शेरबहादुर खत्री भने जिपबाट हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ । उक्त जिपमा नौ जना सवार थिए । रासस

प्रकाशित: २३ पुस २०७३ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App