ओली सरकारको योजनामा जनता उत्साहीः कांग्रेस नेतृ कोइराला

सोमबार, २० असार २०७३, १६ : ३१ नागरिक

काठमाडाैं–नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा जनता उत्साही भएको बताउँदै उनको  विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने दाबी गरेकी छिन्।

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा  कांग्रेस नेतृ कोइरालाले  संविधान कार्यान्वयन गर्न तीनवटै निर्वाचन  गर्नु आवश्यक रहेको भन्दै तीनवटै निर्वाचन सम्पन्न नभएसम्म सरकार ढाल्ने काम आफ्नै लागि घातक हुने बताइन्। नेतृ  कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने दाबी गर्दै त्यसको अपजस कांग्रेसमाथि आउनेतर्फ  सचेत गराइन्।

उनले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने जिकिर गरिन्। कुनै पनि सरकारलाई एउटा अवधीसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने धारणा राख्दै नेतृ कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले काग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने बताइन्।

कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको अवस्थामा यस्तो कुरा कसरी बाहिर आयो भनि आश्चर्य ब्यक्त गर्दै राजनीतिक दलका नेताहरुले सम्मान पाउने हो भने केवल प्रधानमन्त्री मात्रै बन्ने खेल खेल्न छाड्नु पर्ने सुझाव दिइन् ।
उनले भनिन, ‘अहिले संविधान कार्यान्वयनकालागि निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्छ। सरकार परिवर्तनको खेलमा लाग्नु हुँदैन। एक त यो सरकार ढल्दै ढल्दैन, सरकार ढाले त्यसमा सक्रिय हुनेहरु नै फस्छन्।’

कोइरालाले कांग्रेस अहिले संगठन र पार्टीलाई बालियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले काग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गरिन्।
उनले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनु पर्ने भएपनि  अरुको निर्णयबाट प्रभावित भएर मुलुकलाई अहिले गर्ने कुनै निर्णय गर्न नहुने धारणा राख्दै नेपाल भारत प्रवुद्ध समूहको बैठक बस्नु स्वागत योग्य भएको तर्क गरिन्।

 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad