coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

टेलर स्विफ्ट गुगलमा धेरै खोजिने गायिका

न्युयोर्क – टेलर स्विफ्ट गुगलमा सबैभन्दा धेरै खोजिने गायिकाको सूचीमा अग्रपंक्तिमा परेकी छिन्। हालै एस सो बिजले लोकप्रियताको आधारमा संसारभरका कलाकारमाथि गरेको अध्ययनअनुसार गायिका स्विफ्ट अग्रपंक्तिमा परेकी हुन्।
गुगलका अनुसार संगीत विधामा गायिका स्विफ्ट र खेलकुदमा सेरिना विलियम्स अग्रपंक्तिमा परेका हुन्। यसअघि ‘मिस अमेरिकाना’ डकुमेन्ट्री सार्वजनिक भएलगत्तै गायिका स्विफ्टले आफ्नो इटिङ डिसअडर (असन्तुलित खान्की) बारे बोलेकी थिइन्।

उनको गीतसम्बन्धी विषयमा संगीत प्रबन्धक स्कुटर ब्राउनको पक्ष लिएको भनेर गायक जस्टिन बिबर विवादमा तानिएका थिए। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्विफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो।

गत वर्षमा गायिका स्विफ्टले बिग मेसिन लेबललाई छाडेर युनिभर्सल म्युजिकसँग सम्झौता गरेकी थिइन्। गायिका स्विफ्टको म्युजिक कपिराईटलाई लिएर उनको पूर्व संगीत प्रबन्धक स्कुटर ब्राउनलाई ज्यान मार्ने धक्की आएको थियो। ज्यान मार्ने धम्की आएपछि संगीत प्रबन्धक स्कुटर ब्राउनले गाियका स्विफ्टसँगको ६ महिना लामो विवादको अन्त्य गर्न सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक रुपमा याचना गरेका थिए। उनको सांगीतिक यात्रालाई सम्मान गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिएको थियो। उनले पप संगीतका स्टार माइकल ज्याक्सनको रेकर्ड तोड्दै अमेरिकी म्युजिक अवार्डमा दशकको उत्कृष्ट आर्टिस्टलगायत ६ वटा अवार्डबाट सम्मानित भएकी थिइन्।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App