मन्जु उप्रेती
रामेछाप- जिल्ला कृषि विकास कार्यालय रामेछापले जिल्लामा कुटो कोदालो खेलाउँदै अगुवा कृषि उद्यमी बनेका ६ जनालाई शुक्रबार राष्ट्रपति उत्कृष्ट कृषकको पुरस्कारले सम्मान गरेको छ।
गत आर्थिक वर्ष सम्मानका लागि छनोट भएका तीन र यस वर्षका तीन गरी ६ जनालाई जनही १० हजार रुपैयाँ राशिसहित सम्मान गरेको छ। सम्मानित हुनेमा गएको आर्थिक वर्ष छानिएका किबी खेतीतर्फ डडुवा गाविसका राङदान तामाङ, फलफूलतर्फ मन्थली नगरपालिकाका बोधराज अधिकारी र तरकारीतर्फ युवराज श्रेष्ठ छन् ।
यस आर्थिक वर्ष छानिएका सुन्तला र अमि्रसोखेती गर्दै आएका फुलासीका तुलाबहादुर तामाङ, जडिबुटीखेती तथा नर्सरी सञ्चालन गर्दै आएका मझुवाका जयप्रकाश प्रधान र तरकारीखेती र बाख्रापालन गर्दै आएकी रामेछाप नगरपालिकाकी इन्द्रकुमारी तामाङ सम्मानित भएका छन। उनीहरुलाई प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले नगद र प्रमाणपत्रसहित सम्मान प्रदान गरेका थिए। उत्कृष्ट कृषक छानेर सम्मान गरेकामा थप ऊर्जा मिलेको मन्थली नगरपालिका– ८ मा अनारलगायत फलफूलखेती गरेका कारण पुरस्कृत बनेका बोधराज अधिकारीले बताए।
किबीखेती गरेर राष्ट्रिय सम्मान समेत पाइसकेका डडुवाका राङदान तामाङ तीन वर्षभित्र किबीबाट करिब ६० लाख रुपैयाँ बराबर नाफा लिने सोचमा रहेको बताउँछन्। कृषि व्यावसायका लागि किसान परम्परागत उपकरणमा भर पर्नुपर्ने बाध्यता अझै जिल्लामा रहेको उनको भनाइ छ। आफ्नै मेहनतका कारण अघि बढेकाका जिल्लाका अधिकांश कृषिलाई व्यावसायिक रुपमा अघि बढाउनेमा अझै पनि चुनौती रहेको तामाङ बताउँछन्।
इलाम, गोर्खा र लमजुङ भ्रमणमा जाँदा त्यहाँको अमि्रसो र सुन्तलाखेतीबाट लोभिएर व्यवहारमा उतार्दा पुरस्कृत भएको तुलाबहादुर तामाङ बताउँछन्।
जिल्ला कृषि विकास कार्यालयले यसअघि पनि जिल्लामा तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषकको पुरस्कारले सम्मानित गरिसकेको छ। हालसम्म जिल्लाका नौ उत्कृष्ट कृषकले यस्तो सम्मान लिइसकेको जिल्ला कृषि विकास कार्यालय रामेछाप प्रमुख राजेन्द्र मल्लले जानकारी दिए।
यसैबीच, जिल्ला कृषि विकास कार्यालय रामेछापले जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको जानकारी समेत गराएको छ। जसका लागि यस वर्ष एक करोड ९४ लाख ३२ हजार बजेट प्राप्त भएको र सो बजेट मकै बीउ र जुनारका क्षेेत्रका खर्च हुने बताइएको छ।
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत