coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोपका सबै देशबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि बेलायत बाहेक सम्पूर्ण युरोपेली मुलुकमा ३० दिनका लागि यात्रा प्रतिबन्ध लगागाएको घोषणा गरेका छन्। कोरोना भाइरस (काेविड-19) बाट बच्ने उपाय स्वरुप उनले बेलायतबाहेकका अन्य युरोपियन मुलुकको यात्रामा प्रतिबन्धको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यो प्रतिबन्ध शुक्रबारबाट लागु हुनेछ। 'नयाँ केसहरू अमेरिका प्रवेश नहुन् भन्नाका लागि हामीले युरोपबाट अमेरिकामा हुने सबै उडानलाई रोक्ने निर्णय गरेका छौ’, ट्रम्पले भनेका छन्।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १हजार १सय ३५ जनामा संक्रमण भेटिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App