७ वैशाख २०८१ शुक्रबार
खेल

झम्सिखेलको पहिलो जित

बलका लागि प्रयास गर्दै श्र्री कुमार (नीलो) र झम्सिखेल युथका खेलाडी। तस्बिर : नागरिक

काठमाडौं – चौथो चरणको खेल सकिँदा झम्सिखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा पहिलो जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बुधबार भएको खेलमा झम्सिखेल युथ क्बलले श्री कुमारी क्लबमाथि २–० को जित निकाल्दा लिगमा पहिलो विजय हात पारेको हो। यसअघि भएका तीन खेलमा झम्सिखेलले २ खेलमा नतिजा सुम्पिएको थियो भने एक खेल बराबरी खेलेको थियो। बुधबारको खेलसँगै झम्सिखेलको लिगतालिकामा ४ अंक भएको छ। श्री कुमारी क्लबको भने ४ खेलबाट ३ अंक रहेको छ। श्री कुमारी क्लबविरुद्ध जित निकाल्न झम्सिखेलका भुवन राई र मदन स्याङ्तानले एक/एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी खेलेको झम्सिखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो। भुवनले ७१औं मिनेटमा गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए। जित निश्चित गरेका मदनले भने इन्जुरी समयमा गोल थपेका थिए।

‘बी’ डिभिजिन लिगअन्तर्गत बुधबारै सम्पन्न दिनको दोस्रो खेलमा नयाँ बस्ती युवा क्लबले श्री भगवती क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो जित निकाल्यो। पहिलो हाफबाट नै अग्रता लिएको नयाँ बस्तीले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खान पुगेको थियो। नयाँ बस्तीलाई जित दिलाउनका लागि सचु गुरुङ र संजोक राईले एक÷एक गोल गरे। भगवतीका लक्ष्मण जिसीले सान्त्वना गोल फर्काएका थिए। पहिलो हाफमा नयाँ बस्ती हाबी भएको खेलमा ३०औं मिनेटमा सचुले गोलको खाता खोलेका थिए। दोस्रो हाफ प्रतिस्पर्धात्मक बने पनि ६६औं मिनेटमा नयाँ बस्तीले गोल थप्दै अग्रता दोब्बर पारेको थियो। ८४औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत देखाएको भगवतीले बाँकी सयमा नयाँ बस्तीको बलियो रक्षापंक्तिलाई चिर्न नसक्दा २–१ ले स्तब्ध हुन पुग्यो। नयाँ बस्तीका पेम्बा नुर्बु लामाले डी बक्सभित्र ह्यान्ड गरेपछि रेफ्री रोजेन्द्र खड्गीले भगवतीलाई पेनाल्टी दिएका थिए।

जसमा लक्ष्मणले सहज गोल गर्दै अग्रता छोट्याएका थिए। तर, नयाँ बस्तीले इन्जुरी समयमा एक पेनाल्टी खेर फालेको थियो। भगवतीमाथिको जितसँगै नयाँ बस्तीले ४ खेलबाट ५ अंक जोड्न सफल भएको छ। भगवतीको ४ खेलबाट ४ अंक  छ। लिगमा बिहीबार एक खेल हुनेछ। दिनको साढे तीन बजे हुने खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App