coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टुटल–पठाओको सेवा रोक्ने सरकारको चेतावनी

काठमाडौं – मोबाइल एपमा आधारित राइडर टुटल र पठाओलाई फेरि सरकारले रोक लाउने गरी सूचना जारी गरेको छ। यातायात व्यवस्था विभागले मंगलबार राति एक सूचना जारी गर्दै निजी प्रयोजनका लागि लिइएको सवारीसाधनलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको हो। विभागले टुटल र पठाओको नाम उल्लेख नगरि यस्तो चेतावनी दिएको हो। ट्याक्सी व्यवसायीहरुले मंगलबार विभाग पुगेर विरोध जनाएपछि विभागले यस्तो चेतावनी युक्त विज्ञप्ति जारी गरेको हो।

सूचनामा कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गर्ने जनाएको छ। 

टुटल–पठाओ बन्द गराउन माग गर्दै मंगलवार ट्याक्सी व्यवसायीले मीनभवनस्थित यातायात व्यवस्था विभागमा घेराउ समेत गरेका थिए। ट्याक्सी व्यवसायीरूले निजी प्रयोजनका लागि मात्रै निकालिएका मोटरसाइकले यात्रु बोक्न नमिल्ने भन्दै प्रदर्शन गरेका हुन्।

ट्याक्सी व्यवसायीहरू प्रचलित भाडामा सेवा दिएर सुधार ल्याउने पक्षमा देखिँदैनन बरू उल्टै आन्दोलन र दवाव दिएर पठाओ टुटललाई हटाउन उद्दत देखिएका छन्। त्यसैको दबाव स्वरुप मंगलवार यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ।

टुटल–पठाओले दुरीका आधारमा पूर्वनिर्धारित भाडामा मोटरसाइकलले यात्रु बोक्न थालेपछि तुलनात्मक रुपमा ट्याक्सी भन्दा सस्तिए पछि सर्वसाधारणले छिटो र सस्तो टुटल–पठाओ सेवालाई प्रयोग गर्दै आएका छन्।

जसको कारण ट्याक्सी व्यवसायीलाई समस्या भएको छ। सरकारले पटक पटक नियमन गरेपनि उपत्यकामा ट्याक्सीको ठगी भने उस्तै रहेको छ सुधार हुन सकेको छैन ।

यसअघि तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा टुटल– पठाओ बन्द गर्न खोजिएपछि सर्वसाधारणले चौतर्फी  विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियमन गर्ने तर तत्काललाई बन्द नगराउन निर्देशन दिएका थिए।

 

 

प्रकाशित: २८ फाल्गुन २०७६ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App