८ वैशाख २०८१ शनिबार
राजनीति

ज्ञवालीले बुझे २४ घन्टे स्पष्टीकरण पत्र

काठमाडौं- राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले सरकारले सोधेको २४ घन्टे स्पष्टीकरण पत्र शुक्रबार बुझेका छन्। सिइओ ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण  चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोराको स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाका अनुसार प्राधिकरणको कार्यालयमै शुक्रबार बिहान ११ बजेर २० मिनेट जाँदा ज्ञवालीले स्पष्टीकरण सोधिएको पत्र बुझेका हुन्।

ज्ञवालीले पनि सरकारले सोधेको २४ घन्टे स्पष्टीकरण बुझेको जानकारी दिए। 'प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुनःस्पष्टीकरण पेस गर्न भनी पत्र प्राप्त भएको छ,' ज्ञवालीले भने,  'मैले प्राप्त पत्रमा सोधिएको विषयमा तोकिएको समयावधिभित्र स्पष्ट पार्नेछु।'

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले पुननिर्माणमा ढिलाइ भएको र काम सन्तोषजनक नभएकोलगायत ५ वटा विषयमा ज्ञवालीलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। ज्ञवालीले बुधबार प्रधानमन्त्री र सरकारी निकायहरूकै असहयोगका कारण पुनर्निर्माणमा समस्या भएको भन्दै लिखित जवाफ बुझाएका थिए। मन्त्रिपरिषद्ले त्यो जबाफ चित्तबुझ्दो नभएको भन्दै बिहीबार पुजः २४ घन्टे स्पष्टीकरण ज्ञवालीलाई सोध्ने निर्णय गरेको थियो।   

प्रकाशित: २३ पुस २०७३ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App