४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

६ राज्यमा मतदान सुरु, बाइडेन र स्यान्डर्स चुनावी मैदानमा

जो बाइडेन (बाँया)र बर्नी स्यान्डर्स

डिट्रोइट – अमेरिकाको मिसिगनसहित ६ राज्यमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार छान्न मतदान सुरु भएको छ। चुनावमा पार्टीका दुई वरिष्ठ सदस्यहरू जो बाइडेन र बर्नी स्यान्डर्स चुनावी मैदानमा छन्।

डेमोक्रेटिक पार्टीका तर्फबाट यी दुई नेतामध्ये एकले रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी नोभेम्बरमा चुनावमा भिड्नेछन्। मिसिगनसहित इडाहो, मिसिसिपी, मिजौरी, नर्थ डकोटा र वासिंटन राज्य रहेका छन्। यी राज्यमध्ये सबैभन्दा बढी पार्टी प्रतिनिधि चुनिने मिसिगनतर्फ दुवै उम्मेदवारले विशेष ध्यान दिएका छन्। अघिल्ला चुनावमा मध्यम प्रदर्शन गर्नु भएका स्यान्डर्सले मिसिगनको चुनाव जितेमा मात्र उनलाई भावी यात्रा केही सहज हुनेछ।

राष्ट्रपतिको चुनावी दौडमा उभिएका सबैजसो उम्मेदवारले बाइडेनलाई समर्थन गरिसकेकाले सिनेटर स्यान्डर्सलाई चुनाव जित्न निकै हम्मे पर्ने आँकलन गरिएको छ। अघिल्लो मंगलबार १४ राज्यमा भएको चुनावमा बाइडेनले १० मा र स्यान्डर्सले चारमा विजय भएका थिए। यसबाट बाइडेनको पक्ष निकै बलियो भएको थियो। मतदानका लागि मतदान स्थलमा पुगेका अधिकांश मतदाताले राष्ट्रपति ट्रम्पलाई परास्त गर्न सक्ने उम्मेदवार छान्नु नै अहिलेको सर्वाधिक महत्वपूर्ण पक्ष रहेको बताएका थिए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App