७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इटालीमा ‘देशव्यापी क्वारेन्टाइन’

इटालीको भेनिसस्थित शान्ता लुसिया रेल स्टेसनमा यात्रुको चेकजाँच गर्दै प्रहरी। तस्बिर : गेट्टी इमेज।

भेनिस – इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने क्रम तीव्र बनेपछि देशभरका नाका बन्द गरिएको छ।

इटालीका सबै (२० वटा) प्रान्तमा आपतकालीन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपतकालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्।

इटालीमा पछिल्लो २४ घन्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ६३ पुगेको छ। यस्तै, संक्रमितको संख्या ९ हजार एक सय ७२ पुगेको बताइएको छ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App