coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लेस्टर फेरि लयमा

एस्टन भिल्लाविरुद्ध गोल गरेपछि लेस्टर सिटीका खेलाडी। तस्बिर : एजेन्सी

लन्डन – एस्टन भिल्लामाथि ४–० को सहज  जित हात पारेसँगै लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सले अर्को सिजन  इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बढेको प्रतिक्रिया दिएका छन्।

लेस्टरले पछिल्लो सात खेलमा हात पारेको यो पहिलो जित हो र तेस्रो स्थानको लेस्टरले पाँचाैँ स्थानको म्यानचेस्टर युनाइटेडसँग अंकदूरी ८ पुर्‍याएको छ। ‘पछिल्लो केही खेलमा हामीले स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न सकेनौं। आक्रमणको हिसाबले आज हामी अब्बल रह्यौं। पहिलो गोलपछि खेल थप सहज बन्यो,’ रोजर्सले भने, ‘पछिल्लो खेलमा टोलीको आत्मविश्वास पनि कम थियो। टोलीमा यस जितले आत्मविश्वास फर्काएको छ। २९ खेलमा ५३ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ, जुन पाँचाैँ स्थानको युनाइटेडभन्दा ८ अंक बढी हो। लिभरपुल २९ खेलमा ८२ अंकका साथ शीर्ष स्थानमा छ भने साबिकको विजेता म्यानचेस्टर सिटी ५७ अंकका साथ दोस्रो स्थानमा छ।

२९ खेलमा ५३ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ, जुन पाँचाैँ स्थानको युनाइटेडभन्दा ८ अंक बढी हो। लिभरपुल २९ खेलमा ८२ अंकका साथ शीर्ष स्थानमा छ भने साबिकको विजेता म्यानचेस्टर सिटी ५७ अंकका साथ दोस्रो स्थानमा छ। ४८ अंकका साथ चेल्सी चौथो स्थानमा छ।

४८ अंकका साथ चेल्सी चौथो स्थानमा छ। भिल्ला भने २५ अंकका साथ १९औं स्थानमा छ। यस सिजन मात्र प्रिमियर लिगमा बढुवा भएको भिल्ला पुनः घटुवाको संघारमा छ। घटुवाको संघार टार्न भिल्लासामु १० खेल बाँकी छ। ‘हामीले खेलमा राम्रो सुरुआत गरेका थियौं तर कर्नर बल रक्षा गर्न सकेनाैँ र पहिलो गोलमा गरेको गम्भीर गल्ती महँगो बन्यो,’ भिल्लाका प्रशिक्षक डेन स्मिथले भने, ‘खेलाडीले गरिरहेको व्यक्तिगत गल्ती हाम्रा लागि महँगो बनिरहेको छ। हामीले सुधारिएको प्रदर्शन गर्नुको विकल्प छैन।’

४०औं मिनेटमा हार्बे बामेसले गरेको गोलमा लेस्टर खेलमा अघि बढेको थियो। ६३औं मिनेटमा लेस्टरले अग्रता दोब्बर पार्‍यो। जेमी भार्डेले पेनाल्टीको सदुपयोग गर्दै लेस्टरको अग्रता बढाएका थिए । ७९औं मिनेटमा भार्डेले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै लेस्टरलाई ३–० को अग्रता दिलाए। खेल सकिन ५ मिनेट बाँकी हुँदा बामेसले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै लेस्टरको सहज जित पक्का गरेका थिए।
‘चोटका कारण भार्डेले स्वाभाविक प्रदर्शन गर्न सकिरहेका छैनन् तर अब भने उनी पूर्ण रूपमा लयमा फर्किएका छन्,’ लेस्टरका प्रशिक्षक रोजर्सले थपे।

प्रकाशित: २८ फाल्गुन २०७६ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App