coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

घरेलु टोलीलाई हराउँदै आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

हेटौंडा– हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा घरेलु टोलीलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।

समुन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा भएको खेलमा आर्मीले हेटौंडाको प्राइम पोलिक्लिनिक विजय युथ क्लबलाई १–४ गोलको अन्तरले पराजित गरेको हो ।

फाईनलमा प्रवेश गरेको आर्मीले उपाधीको लागि शनिबार मनाङ मस्र्याङ्दी क्लबसँग भेट पक्का गरेको हो। विजय युथले मार्टिन अजाइको गोलबाट अग्रता लिएको थियो । मार्टिनले सुजित बुढाथोकीको क्रसरमा हेडमार्फत् गोल गरेका थिए ।

एक गोलले पछाडि परेको अवस्थामा चर्चित स्ट्राइकर नवयुगले खेल सकिन १६ सकेन्ड बाँकी रहेको अवस्थामा गोल गर्दै खेललाई बराबरीमा ल्याएसँगै आर्मीको जीतको आधार तय भएको थियो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएको अवस्थामा थप गरिएको अतिरिक्त २० मिनेटको समयमा आर्मी हाबीहुँदै तीन गोल गर्न सफल भएको थियो। आर्मीले खेलको ९१ औं मिनेटमा भरत खवासको गोलमार्फत् अग्रता लिएको थियो । विजय युथका तीनजना डिफेन्डरलाई छक्याउँदै नवयुगले दिएको क्रस बलमा भरतले गोल गरेका थिए ।

खेलको ९४ औं मिनेटमा हिरणय मगरले हेडमार्फत गोल गर्दै आर्मीको अग्रतालाई फराकिलो पारेको थियो । उसले भरत खवासको क्रसमार गोल गरेका थिए । १०६ मिनेटमा आर्मीका दीप लामाले नवयुग श्रेष्ठको क्रसबलाई गोलमा परिणत गरेसँगै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी खेलाडीको फिटनेस कमजोरहुँदा फाइदा आफूहरुले लिएको बताए । ‘हामीले गोल खाएको अवस्थामा सम्हालिएर खेल्यौं । जसको फाइदा हामीलाई भयो । थप समयमा विपक्षी खेलाडीहरुको फिटनेस ज्यादै कमजोर भएको कारण हामीलाई सजिलो भयो,’ उनले भने ।

विजय युथका प्रशिक्षक सुविन घिमिरेले खेलमा भाग्यले साथ नदिएको बताए । ‘दुर्भाग्य भन्नुपर्छ । हामीले अन्तिम सेकेण्डमा गोल खायौं । हाम्रो खेलाडी घाइते भएको कारण हामीले थप समय खेल्न सकेनौं।

समुन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा भएको प्रतियोगिताको विजेता र उपविजेताले नगद पाँच र तीनलाख रुपियाँ प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक खेलाडीलाई नगद १५ हजार रुपियाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिता हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा सञ्चान भइरहेको छ ।

प्रकाशित: २२ पुस २०७३ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App