८ वैशाख २०८१ शनिबार
राजनीति

सापकोटा–क्वात्रा भेटवार्ता

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै दुई देशबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताएका थिए।

नेपालमा २०७२ साल वैशाखमा गएको भूकम्पपछि उद्धार, राहत एवं पुनर्निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै सभामुख सापकोटाले दुुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौता भएकोमा खुशी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। साथै सभामुख सापकोटाले दुुवै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध थप सुधारमा लाग्नुपर्ने पनि बताएका थिए। त्यस अवसरमा राजदूत क्वात्राले सापकोटालाई सभामुखमा निर्वाचित भएकोमा बधाई दिँदै कार्यकाल सफलताको शुुभकामना व्यक्त गरेका थिए। उनले दुुई देशबीच बृहत र गहिरो सम्बन्ध रहेको तथा आगामी दिनमा यो सम्बन्ध अझ विस्तार हुँदै जाने बताएका थिए।रासस

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App