coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्रीलाई सामान्य हुन ६ महिना लाग्छ’

काठमाडौं – दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मान्छेजस्तै सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्ने उनको उपचारमा संलग्न चिकित्सले बताएका छन्। गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओलीका स्वास्थ्य सूचकांक सामान्य रहे पनि बाह्य संक्रमण हुन नदिन तत्काल डिस्चार्ज गर्न नहुने पनि चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधार देखिए पनि तत्काल डिस्चार्ज गर्न नहुने बताइन्। उनले डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने जानकारी दिइन्। ‘अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौं, भोलि नै पर्सि नै भनेर मिति तोक्न सकिँदैन’, उनले भनिन्। उनका अनुसार अहिले नै डिस्चार्ज गर्न सकिने भए पनि घरमा समेत अस्पतालको जस्तै ख्याल गर्नुपर्ने भएकाले अस्पतालमै राखिनेछ।

परिवार स्रोतले पनि घरमा व्यवस्थापन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्न आग्रह गरेको डा. शाहले जानकारी दिइन्। उनका अनुसार प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्ने छ। औषधिको डोज बढी भएका कारण संक्रमणको खतरा रहे पनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यससम्बन्धी ज्ञान भएकाले संकट नआउने उनको भनाइ छ। डा. शाहले रुघाखोकी र अरु संक्रमण भएका व्यक्तिहरुबाट प्रधानमन्त्रीलाई जोगाउनुपर्ने बताइन्। सामान्य मानिसजस्तै हुन प्रधानमन्त्रीलाई कम्तीमा ६ महिना लाग्ने उनले जानकारी दिइन्।

प्रकाशित: २८ फाल्गुन २०७६ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App