coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

छ करोड लगानीमा बोधी भिल्ला बेङ्क्वेट

बुटवल – रूपन्देहीको मंगलापुरमा बोधी भिल्ला बेङ्क्वेट सञ्चालनमा आएको छ। ६ करोड बढीको लगानीमा खुलेको वेङक्वेट र रक गार्डेन रेष्टुरेन्ट मंगलबारदेखि सञ्चालनमा आएको हो।

तिलोत्तमा नगरपालिका–९ स्थित बुटवल–भैरहवा ६ लेन सडककै किनारमा खुलेको सुविधा सम्पन्न वेङक्वेटको मंगलबार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले उद्घाटन गरे। रुपन्देहीका पुराना उद्योगी चन्द्रमान श्रेष्ठको परिवारको एकल लगानीमा जिल्लामै अहिले सम्मकै ठूलो बेङ्क्वेट सञ्चालनमा आएको हो।

वेङक्वेट तथा रक गार्डेन तीन बिघा क्षेत्रफलमा फैलिएको छ। फरक शैलीको मल्टि फङ्सनल बेङ्क्वेटमा एक पटकमा पाँच हजार जनालाई सेवा उपलब्ध गराउन सकिने बोधि भिल्ला प्रालिका प्रबन्ध निर्देशक अनुप श्रेष्ठले बताए। बुद्ध जन्मस्थल लुम्बिनीसँगै पश्चिम नेपालमा पर्यटकीय सम्भावना बढेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर वेङक्वेट सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए। बुटवल र भैरहवा दुवै शहरका सेवाग्राहीका लागि सहज होस् भनेर यी दुई शहरको बीच क्षेत्रमा वेङक्वेट सञ्चालन गरेको उनले बताए।

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा लिएर पर्यटन उद्योगमा लगानी लगाएको भन्दै श्रेष्ठले विमानस्थल निर्माण छिटो सक्नुपर्नेमा जोड दिए।  

प्रालिका प्रबन्ध निर्देशक श्रेष्ठले बोधिभिल्ला जिल्लाकै ठूलो बेङ्क्वेट र रक गार्डेन रेष्टुरेन्ट भएको दावी गरे। श्रेष्ठले भविष्यमा यसको सेवा विस्तार गरी ४० बेडको लज र स्वीमिङ पूल पनि सञ्चालन गर्ने लक्ष्य रहेको पनि बताए।
माछापालन गरिएको पोखरीमाथि बनाइएको पुलले बेङ्क्वेट परिषरको आकर्षक  बढाएको छ। बेङ्क्वेट परिसरमा सागसब्जी खेती र वातावरण संरक्षणका लागि विभिन्न प्रजातिका एक हजार बिरुवा पनि रोपीएको छ। जसले रक गार्डेन तथा बैङक्वेट परिषरलाई मनमोहक बनाएको छ। त्यस्तै ग्राहकले फिशिङ गर्न र जिउंदो माछाको परिकारको स्वाद लिन पाउने व्यवस्था पनि गरिएको बोधि भिल्लाका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए।

प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय र आफ्ना ग्राहकलाई बेङ्क्वेट परिसरमा ब्याडमिन्टन र बास्केटबल कोर्ट तथा खेल मैदान निःशुल्करुपमा उपलब्ध गराएको प्रालिका व्यवस्थापक छविलाल थापाले बताए। प्रालिमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

यसअघि ६ महिनासम्म परीक्षण सेवा गरी प्रालिले होली पूर्णिमाको अवसर पारेर मंगलबारदेखि व्यवसायिक रुपमा सेवा सञ्चालन गरेको हो। प्रालिले कोरोनाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मंगलबारै लाइभ म्युजिक सांस्कृतिक कार्यक्रम परि गरेको इभेन्ट म्यानेजर आलोक भट्टराईले बताए। कोरोनाविरुद्धको जनचेतनामूलक सांगीतिक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरीएको थियो।

कोरोनाको सम्भावित जोखीमलाई मध्यनजर गर्दै पारिवारिक वातावरणमा बेङ्क्वेट परिसरमा मात्र सीमित हुने गरी कार्यक्रम गरिएको ‘इभेन्ट म्यानेजर भट्टराईले जानकारी दिए।

प्रकाशित: २७ फाल्गुन २०७६ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App