coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सौरपानीमा जीप दुर्घटना : १३ जना घाइते, पाँच गम्भीर

गोरखा- बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलामा मंगलवार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते घाइते भएका छन् भने आठ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ र बिनोद गुरुङलाई थप उपचारका लागि माउन्टेन ऐयरको हेलिकप्टरबाट काठमाणडौँ रिफर गरिएको प्रहरी निरीक्षक प्रकाश भुषालले बताए । ६० वर्षिय वुद्धबहादुर गुरुङलाई एम्बुलन्सबाट उपचारका लागि काठमाणडौँ लगिएको हो । गम्भीर घाइतेहरुको अनुहार र शरीरमा चोट लागेको छ । पाँच जनाको काठमाणडौँ र अन्यको गोरखामा उपचार भएको छ ।

सामान्य घाइतेको स्थानीय मेडिकल र गोरखा अस्पतालमा उपचार भएको हो । रञ्चोकबाट सौरपानी हुँदै गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको बोलेरो जीप ब्रेक फेल भएर दुर्घटनामा परेको हो । सडकबाट करिब सय मिटर तल खसेको थियो ।

प्रकाशित: २७ फाल्गुन २०७६ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App